Fri. Mar 29th, 2024

निशुल्क शिविरमा १ सय ४७ जनाले स्वाथ्य परीक्षण गरे

दिनानाथ शाह

sibir

३० फागुन, वीरगंज – चिकित्सक श्रीमती संघ पर्साले १०५ औं नारी दिवसको अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले स्वाथ्य परीक्षण गराएका छन् ।

नारिको सम्मानको लागि आयोजना गरेको शिविर कार्यक्रमको प्रमुख अतिथि माईति नेपालकी प्रमुख संगिता पुरीले यस्ता कार्यक्रमबाट गरिब तथा निमुखा विरामिहरुलाई लाभ हुने हुदाँ यस्ता कार्यक्रमहरु गर्नु प्रशंसनिय रहेको बताए्उनु भएको थियो ।

विहानको १० बजेदेखि शुरु भएको शिविरमा प्रसुति, छाला, जेनरल फिजिसियन, ढाड दुखेको, छाला, आङ खसेको, दाँत लगायतको चेकजाँच गरेको चिकित्सक श्रीमती संघ वीरगन्जको उपाध्यक्ष एवंम कार्यक्रमको संयोजक निभा दासले जानकारी दिनुभयो । शिविरमा तराई मुलका बढी महिलामा आङ खस्ने, ढाड दुख्ने लगायतको विरामि उपचार गराएको डा.लक्ष्मी थापा गुप्ताले बताउनुभयो । शिविरमा डा. विमला बछार, डा. अनु अग्रवाल, डा.। सोनी झा, डा. मधु गुप्ता, डा. लक्ष्मी थापा र डा. मन्जु लता अग्रवाल लगायतका चिकित्सकहरुको टोलिले चेकजाँच गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा पर्सा जिल्लामा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएको कदर गर्दै श्रीमती मधु राणलाई सम्मान गरेको थियो । भने कार्यक्रम आयोजनामा सहयोग गर्नुहुने २० जनालाई प्रशंसा पत्रले सम्मान गरेको थियो । कार्यक्रम चिकित्सक श्रीमती संघकी अध्यक्ष सरिता प्रसादको सभापतित्वमा समपन्न भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: