Sat. Jun 22nd, 2024

गोठमा आगलागी हुँदा ३ बालिकाको ज्यान गयो

aago

३० फागुन, नुवाकोट –  नुवाकोटको मदानपुरको एउटा गोठमा आगलागी हुँदा तीन जना बालिकाको जलेर मृत्यु भएको छ ।

मदानपुर गाँउ विकास समिति वडा नं. ९ पाखुरेस्थित फणिन्द्र लामाको गोठमा खेलिरहेको समयमा एक्कासी आगलागी हुँदा फणिन्द्रका छिमेकी रविशकुमार लामाको २ वर्षिया छोरा रश्वु लामा, उनकै ६ वर्षिया छोरा फुच्ची लामा, र विरेश लामाको छोरी दिक्षा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार विहान ११ः३० बजेको समयमा एक्कासी आगलागीको मुस्लो देखेपछि छिमेकीहरुले उद्दार गरेका थिए । मृतक मध्ये फुच्चीको काठमाडौंमा उपचारको क्रममा, रश्वुको घटनास्थलमा र दिक्षाको उपचारका लागि काठमाडौं पठाउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

बालबालिकाहरु खेल्नका लागि गोठमा गएको र सोही क्रममा आगलागी भएको हुन सक्ने स्थानीय टाइसन लामाले बताउनु भयो । ढुंगामाटोले बनेको गोठमा आगो लागेको बताइएको छ । घटनास्थलमा तादी प्रहरी चौकी र ककनी प्रहरी चौकीबाट पुगेका प्रहरीले थप उद्दारको काम गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: