Fri. Mar 29th, 2024

आइसीडिसी नेपाल, धादिङलाई कर्मचारी आवश्यकता

एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal धादिङद्धारा गरिबी निवारण कोष संगको साझेदारीमा गरिवी निवारण कोषका साझेदार संस्थाहरुकालागि बनाइएको मानव संशाधन तथा आर्थिक प्रशासन नियमावली २०६६, संशोधित २०७१ बमोजिम हुनेगरी धादिङको साविकका कटुन्जे, सुनौलाबजार, कल्लेरी र वेनीघाट गा.बि.स. मा सञ्चालन गर्दै आएको गरिबी निवारण कार्यक्रमको लागि तल उल्लेख गरे बमोजिमको कर्मचारी आवश्यकता परेकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले (७) सात दिन भित्र आवश्यक शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्र, दुईप्रती फोटो, नागरिकताको प्रतिलिपि र बायोडाटा सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

बिज्ञापन नं: ICDC-01-074-75

पद(संख्या): प्राबिधिक १ जना

आवश्यक शैक्षिक योग्यता

– कम्तीमा ओभरसियर (OVERSEER) पास गरेको
–  पूर्वाधार निर्माण क्षेत्रमा कम्तीमा एक बर्षको अनुभव भएको
–  समुदाय परिचालन र सहजीकरण गर्ने सिप भएको
–  कम्प्युटरमा राम्रो दख्खल भएको

परियोजना अवधि : २०७४ पौष देखि २०७४ चैत्र सम्म

बिज्ञापन नं: ICDC-02-074-75

पद(संख्या): उद्यम विकास सहजकर्ता २ जना

आवश्यक शैक्षिक योग्यता

–  CVTEVT वाट EDF लेभल २ उतिर्ण गरेकाहरुलाई पहिलो प्राथमिकतामा राखिने छ ।
–  कम्तिमा १०+ २ उतिर्ण भई सामाजिक परिचालनका क्षेत्रमा अनुभव भएका
–  समुदाय परिचालन र सहजीकरण गर्ने सिप भएको
–  कम्प्युटरमा राम्रो दख्खल भएको

परियोजना अवधि : पाँच महिना

बिज्ञापन नं: ICDC-03-074-75

पद(संख्या): सामाजिक परिचालक लेवल ३ — १ जना

आवश्यक शैक्षिक योग्यता

–  कम्तिमा १०+ २ उतिर्ण भई सामाजिक परिचालनका क्षेत्रमा अनुभव भएको
– समुदाय परिचालन र सहजीकरण गर्ने सिप भएको
– कम्प्युटरमा राम्रो दख्खल भएको

परियोजना अवधि : पाँच महिना

बिज्ञापन नं: ICDC-04-074-75

पद(संख्या): लेखा सुपरीवेक्षक — १ जना

आवश्यक शैक्षिक योग्यता

–  कम्तिमा व्यवस्थापन विषयमा १०+ २ उतिर्ण भई लेखा संबन्धी अनुभव हासिल गरेको
–  कम्प्युटरमा राम्रो दख्खल भएको

परियोजना अवधि : पाँच महिना

पारिश्रमीक : संस्थाको नियमानुसार हुने छ ।
दरखास्त बुझाउने ठेगाना : एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal धादिङ
नीलकण्ठ नगरपालिका– ८ बगैचा
ईमेल : [email protected]
दरखास्त बुझाउने अन्तीम मिति : २०७४।०८।२९ गते, कार्यालय समय सम्म
नोट : दलित, जनजाती,महिला,तथा अल्प संख्यकलाई बिशेष ग्राह्यता दिईने छ । प्रारम्भिक छनौटमा परेका उमेद्वारहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईने छ । पदपुर्ती सम्वन्धी सम्पूर्ण अधिकार एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal  धादिङमा निहित रहने छ ।

कर्मचारी छनौट समिति
ICDC Nepal धादिङ

२०७४ मंसिर २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: