Wed. Jul 24th, 2024

संविधान नआएमा ७० वर्षको उपलब्धी गुम्छ : भट्टराई

baburam bhattarai

धादिङ – सत्ता पक्ष र विपक्षी दुवैले आफ्नो अडानमा लचिलो बनेर सहमतिमा संविधान ल्याउनु पर्ने एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बताउनु भएको छ ।

शनिबार साझँ धादिङमा पत्रकारहरुसँग कुराकानी गर्दै एनेकपा माओवादीका नेता डा. बाबुराम यस्तो बताउनु भएको हो । भट्टराईले जेठ १५ गते संविधान जारी गर्ने गरी सहमति गर्नु पर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले वार्ता सकारात्मक रुपमा अगाडि बढ्न नसकिरहेको बताउँदै असहमतिले देशलाई द्वन्द्वमा धकल्ने बताउनु भएको छ ।

संविधान आउन सकेनभने देश दुर्घटनामा जाने बताउँदै भट्टराईले सहमतिमा संविधान आउन सकेन भने ७० वर्षको उपलब्धी गुम्ने बताउनु भयो । संविधान निर्माणका क्रममा देखिएका विवाद मिल्नै नसक्ने नभएको बताउँदै भट्टराईले संघीयताका लागि काँग्रेसले भनेको ७ र एमाओवादीले भनेको १० लाई मिलाएर ८ या ९ प्रदेशमा सहमति गर्न सकिने बताउनु भयो । काँग्रेस एमाले नौ बुँदे सहमतिबाट पछि नहटेसम्म बार्ता सहमतिमा नजाने भट्टराईको भनाइ थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: