Sat. Jan 22nd, 2022

मालपोत कर्मचारीमाथी आक्रमण

१ चैत, धादिङ –  जिल्ला मालपोत कार्यालय धादिङमा कम्प्यूटर अपरेट कृष्णा खड्का माथि आक्रमण भएको छ ।

आक्रमणमा पर्नुभएकी खड्का शख्त घाइते हुनुभएको छ । घरबाट अफिसतर्फ आउँदै गर्दा आइतबार विहान करिब पौने १० बजे नीलकण्ठ नगरपालिका ३ स्थित खाल्टे जाने बाटो नजिकै आक्रमण भएको हो । खड्काको टाउकोमा गहिरो चोट लागेकाले काडमाडौंको ग्रेनसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।

बाटोमा हिड्दै गर्नुभएकी खड्कामाथी सीता थापा मगरले कोदालोको बीडले टाउकोमा हान्दा घाइते हुनुभएको थियो । व्यक्तिगत रिसीवीका कारण खड्का माथि कोदालोको बीड प्रहार गरेको आरोपमा सिता थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

Loading...