Mon. Dec 4th, 2023

ओर्जिनल पवनकली शो फेरि आउने

karkash4

काठमाडौं – गण्डक क्षेत्रको गाउँले लवजलाई संचारमाध्यममा ल्याएर चर्चामा आएकी लुनिभा तुलाधर अर्थात पवनकली फेरि टेलिभिजनमा आउँदैछिन् ।

१० बर्षपहिले उनले कान्तिपुर टेलिभिजनमा सुरु गरेको ‘द पवनकलि सो’ निकै चर्चित भएको थियो । अध्ययनका लागि बाहिर जानुपर्ने भएपछि लुनिभाले पवनकलीको अभिनय गर्ने जिम्मा उत्पादक तारा कँडेलले पाइन् । तारा पनि बाहिरिएपछि मम्पी घोषले कार्यक्रम सञ्चालन गरेकी थिईन् । तारा र मम्पी दुबैले दर्शकलाई राम्रै प्रभाव पारेका थिए । कार्यक्रमको प्रभाव राम्रै भए पनि निरन्तरता पाउन सकेन र बन्द भयो । बन्द भएको चार वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।
पवनकलीका रुपमा लुनिभाको कमब्याक भने करिव १० बर्षपछि हो । यसपटक उनी कान्तिपुर गोल्ड टीभीमा पवनकली सो लिएर आएर आउँदैछिन् ।

कार्यक्रममा कुरा गर्ने शैली, हल्का ब्याङ्ग्य र कार्यक्रम प्रस्तोताको गेटअपले पनि कार्यक्रमलाई लोकप्रिय बनाएको थियो । गाउँघरका दर्शकले मनपराउने उक्त कार्यक्रमलाई शहरका केटाकेटीले निकै राम्रो मान्थे । प्राय कलाकार, राजनीतिज्ञ, समाजसेवीको कार्यक्रममा सहभागिता हुने गथ्र्यो । पवनकली बन्द भए पनि पछिल्लो समय त्यस्तै प्रकृतिका कार्यक्रम निर्माण हुने क्रम बढेको छ । पछिल्लो समय हिमालयन टेलिभिजनवाट प्रशारण हुने ‘चम्पा चमेली’ पनि त्यहि शैलीको कार्यक्रम हो । रेडियो अडियो लगायत केही एफएमहरुले पनि यही शैलीका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: