Fri. Mar 29th, 2024

 अविभावक गुमाएका बालबालिकालाई इक्यानद्धारा छात्रवृति वितरण

11028281_433617846792749_86099094_o

काठमाडौ – विषाक्त रोटी खाँदा अभिभावक गुमाएका धादिङ पिडा ८ का ६ जना बालवालिकालाई नेपाल शैक्षिक परामर्श संघ ईक्यानले छात्रबृत्ति उपलब्ध गराएको छ ।

बिरामी घाईतेहरुको उपचार भईरहेको अस्पताल मनमोहन मेमोरियल अस्पतालमै सोमबार एक कार्यक्रम गरि इक्यानले सो छात्रवृति उपलब्ध गराएको हो । अभिभावक गुमाएकै कारण वालवालिकाहरु शिक्षा दिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यले उक्त दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई छात्रबृत्ति उपलब्ध गराएको इक्यानका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।

छात्रबृत्ति पाउने वालवालिकाहरुमा सुनमाया तामाङ्, शान्तिमाया तामाङ्, बुद्ध सिंह तामाङ्, पूर्णबहादुर तामाङ्, राजु तामाङ् र बुद्धिलाल तामाङ् रहेका छन् । कार्यक्रममा नेकपा एमाले धादिङका सभासद् राजेन्द्र पाण्डेले अभिभावक तथा विद्यालयका प्रतिनिधिलाई छात्रबृत्ति प्रमाणपत्र प्रदान गर्नुभएको थियो । छात्रबृत्ति पाउने हरेक बालबालिकाले शिक्षण मसलन्द शिर्षक अन्तर्गत कक्षा १० सम्म बर्षको २० हजार रुपैंया पाउने ईक्यानले जनाएको छ । छात्रबृत्ति पाउने वालवालिकाको कक्षा फरक फरक भएकोले यसका लागि १० लाख रुपैंया हाराहारी खर्च हुने र यसको छुट्टै कोष बनाईने इक्यानका महासचिव महेशवावु तिमिल्सिनाले बताउनुभयो ।

गत फागुन २५ गते विऊका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा पिडा गाविस वडा नं ८ पुकुनका सञ्जबहादुर तामाङ्का परिवारका ६ जनाको ज्यान गएको थियो । १५ जना विरामीको मनमोहन मेडिकल कलेज स्वयम्भुले उपचार गरेको छ । केहि बिरामीलाई अस्पतालले उपचार पछि घर समेत पठाईसकेको छ । एक गर्भवती बिरामीले अस्पतालमै बच्चा जन्माएपछि ती बच्चाको नाम नै मनमोहन तामाङ राखिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: