Tue. Dec 3rd, 2024

धादिङका ६८ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन नपाउने

slc-exam-300x193

३ चैत, धादिङ – देशभर एसएलसी परीक्षाको तयारी भैरहँदा धादिङका ६८ जना विद्यार्थीले एसएलसी परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

२ सय २० दिन विद्यालय खुल्ने अवधिमा १ सय ७५ दिन विद्यालयमा हाजिर नभएका विद्यार्थीहरुले परीक्षा दिन नपाएका हुन् । ७० प्रतिशत हाजिरी नभएका र आवेदन फारम बापतको दस्तुर समयमा नबुझाएका विद्यार्थीहरुले एसएलसी परीक्षामा संलग्न हुन नपाउने सहायक जिल्ला शिक्षा अधिकारी देविरञ्जन हुमागाइले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढि मण्डली उच्च मावि फुलखर्कबाट ५ जना, कल्लेरी मावि कल्लेरीबाट ५ जनाले परीक्षा दिन पाउने छैन । जिल्लाका ४० ओटा विद्यालयबाट ६८ जना विद्यार्थी परीक्षामा सहभागि हुन अयोग्य ठहरिएका छन् । परीक्षा दिन नपाउनेमा बढी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका परीक्षार्थीहरु रहेका छन् ।

चैत ५ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा सामुदायीक र संस्थागत गरी धादिङबाट ६ हजार ९ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा मर्यादित बनाउन विभिन्न अनुगमन टोली बनाएर आचार संहिता बनाइएको छ । परिक्षार्थीले नियमित विद्यालय पोशाकमै परिक्षा दिनुपर्ने, मोवाईल प्रयोग गर्न नपाइने लगायतका आचार संहितको व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: