Mon. Apr 29th, 2024

मलेखुमा माछाको कारोबार

२२ माघ,  धादिङ –

धादिङको पृथ्वीराजमार्ग भएर जाने र आउने जो कोहीलाई मलेखुको माछाको स्वादले तान्ने गर्दछ । त्रिशुली नदीकोे चिसो पानीमा पाइने माछा विशेष स्वादको हुने कारणले पनि धेरैको मन लोभिने गरेको हो । तर मलेखुका होटलहरुमा माछाका पारखीहरुको चाहना जस्तै त्रिशुलीका माछा भने कमै मात्र पाइने गरेका छन् ।

जिल्लामा उत्पादित माछाले मात्र बजारको माग धान्न नसके पछी तराईका बिभिन्न जिल्ला र भारतबाट माछा आयात हुने गरेको छ । मलेखु बजारमा मात्र प्रतिदिन एक देखी दुई टन भन्दा धेरै माछा खपत हुने गरेको व्यापारीहरु बताउँछन् ।  तराईमा आएको बढीका कारण माछाका धेरै पोखरीहरु बगाए पछी मलेखु बजारमा तराईका जिल्लाहरुबाट माछा त्रिक्रिका लाथि आउन छाडेको थियो । तर केही दिन यता माछाको आयात पुन सुरु भएको छ ।

केही समय अघिसम्म मलेखु बजारमा त्रिशुली नदी कै स्थानीय जातका माछाहरु खान पाईने भए पनी अहिले उपभोक्ताहरुको माग बढेसंगै अन्यत्रबाट माछा आयात गर्नु पर्ने अवस्था आएको होटल व्यवसायीहरुको भनाई छ ।

त्रिशुली नदीमा पाईने स्थानीय प्रजातीका माछाहरु विभिन्न कारणले गर्दा लोप हुदै गएकोले मलेखु बजारमा भारतीय बजार र तराईका जिल्लाहरुबाट माछा आयात गनुपरेको उनीहरु बताउँछन् ।
राजमार्गका होटलहरुमा माछाको ब्यापार राम्रो हुन थाले पछी जिल्लालाई माछामा आत्मा निर्भर बनाउन कृषी विकास कार्यालय धादिङले किसानहरुलाई विभिन्न कार्यक्रमहरु सुरु गरेको थियो । तर त्यस्ता कार्यक्रमहरुले माछा उत्पादनमा कुनै प्रभाव पार्न सकेको छैन ।

अहिले जिल्लामा बार्षिक रुपमा उत्पादन हुने माछा भन्दा मलेखु बजारमा एक दिनमा विक्रि हुने माछाको अनुपात धेरै पाईएको छ । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन् । तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् ।

जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् । खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन् । अधिकंशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लाने गरेका छन् । ब्यापारीले दुई सयदेखि दुई सय पचाससम्म प्रतिकिलाका दरले माछा बिक्री गर्ने गरेका छन् ।

२०७४ माघ २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: