Tue. May 21st, 2024

छोरालाई नागरिकता दिलाउन सम्बन्ध विच्छेद

nagarikta-e1425519495754

५ चैत, हेटौंडा–  मकवानपुरको एक माहिलाले छोरालाई नागरिकता दिलाउन पतिसँग सम्बन्ध विच्छेद गर्नुपरेको छ । हेटौंडा-९ की इन्दुकुमारी थापाले छोरा लक्की शर्मालाई नागरिकता दिलाउन पति रामलाल शर्मासँग सम्बन्ध विच्छेद नै गर्नुपरेको हो ।

‘छोराले एसएलसी दिएसँगै नागरिकता बनाउन भनेको भन्दै थियो, पाँच वषैदेखि प्रयास गर्दा बल्ल बुधवार नागरिकता बन्यो, मेरो खुशीको सीमा नै छैन’ -छोराको नागरिकता बनेपछि थापाले भन्नुभयो । यसका लागि अधिवक्ता ललिता श्रेष्ठले कानूनी सहयोग गर्नुभएको थियो ।
करिब ५८ वर्षीय रामलाल तत्कालिन सेन्थेटिक कपडा उद्योगमा काम गर्नुहुन्थ्यो । काम गरिरहेको अवस्थामा दुर्घटनामा परेर उहाँको हात गुमाउनु पर्यो । उहाँकी पत्नी इन्दुकुमारी सोही उद्योगमा काम गर्नुहुन्थ्यो । शारिरीक रुपमा असक्त भएपछि पतिले जागिर छाड्नुपर्यो ।
रामलालको नेपाली नागरिक भए पनि उहाँको नेपाली नागरिकता बनेको थिएन । छोरा लक्कीको नागरिकता बनाउनका लागि स्थानीय प्रशासनले बाबु र आमा दुबै नेपाली भएको प्रमाण माग गरेको थियो ।

आमा इन्दुकुमारीको मात्र नेपाली नागरिकता भएकाले प्रशासनले लक्कीलाई नागरिकता दिन मानेन । ‘कानून र नजिरअनुसार त्यसो गर्नु जरुरी थिएन । अधिवक्ता श्रेष्ठले कानूनी प्रक्रिया पूरा गरी सम्बन्ध बिच्छेद गराएर करिब २३ वर्षीय लक्कीलाई नागरिकता प्राप्त गर्ने आधार तयार पारेको बताउनु भएको भयो। नेपाल समाचार पत्रबाट

About The Author

Loading...

अन्य समाचारहरु: