धादिङ – धादिङको कुम्पुरमा स्याल आतंक बढेको छ ।
कुम्पुर गाँउ विकास समितिको वडा नं ३ मा रहेको माझीटारमा मंगलबारदेखि स्याल आतंक बढ्न थालेपछि स्थानीयहरु क्रसीत भएका हुन् । स्यालले टोकेर तीन जना स्थानीयहरु घाइते भएका छन् भने २० वटा पशु चौपाय पनि घाइते छन् । घाइते ३ जना स्थानीयहरुको काठमाडौँमा उपचार भइरहेको छ भने २० वटा पशु चौपायको जिल्ला पशु सेवा कार्यलय धादिङका प्राविधिक टोलीहरुले उपचार गराइरहनु भएको छ ।
गाँउमा स्यालको आतंक बढेपछि विहिबार जिल्ला प्रहरी कार्यलय धादिङको टोलीलाई परिचालन गरिएको छ । प्रहरीले गाँउमा रहेको एउटा स्याल मारीसकेको र अन्य स्यालहरुको पनि खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।