धादिङ – प्रवेशिका परीक्षा एसएलसीको पहिलो दिन धादिङका १ सय ९२ परीक्षार्थी अनुपस्थित भएका छन् ।
ती मध्ये १ सय १९ छात्रा र ७३ छात्र रहेका छन् । जिल्लाभरबाट ६ हजार ९ सय ९१ जनाले परीक्षाका लागि फम भरेपनि विभिन्न कारणले अनुपस्थित भएका हुन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका र समयमा राजस्व नतिरेका ६८ जनाले पनि एसएलसी परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।
चैत ५ गतेदेखि सुरु भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा सबैभन्दा बढी बच्छलादेवी उमावि सत्यादेवीबाट २३ जना र सबैभन्दा कम महाकाली उमावि, सिम्लेबाट १ जना अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेहरुमा महेशधर्म उमावि परीक्षाकेन्द्र जीवनपुरबाट २ जना छात्रा, मच्छिन्द्र उमावि, खानीखोलाबाट ४ छात्रा र ५ छात्र गरी ९ जना, महाकाली उमावि, सिम्लेबाट १ छात्रा, बागेश्वरी उमावि, बैरेनीबाट ८ छात्रा र ६ छात्र गरी १४ जना, जनकल्याण मावि बैरेनीबाट ३ जना छात्रा, आदर्श उमावि गजुरीबाट ५ छात्रा र २ छात्र गरी ७ जना, बागेश्वरी उमावि रिचोकटारबाट ५ छात्रा र ३ छात्र गरी ८ जना, चन्द्रोदय उमावि विशालटारबाट ९ छात्रा र ४ छात्र गरी १३ जना, मिन्दुका मावि नलाङबाट ७ छात्रा र ३ छात्र गरी १० जना, देउराली मावि ससाहबाट २ छात्रा र १ छात्रा गरी ३ जना रहेका छन् ।
त्यस्तै बालमन्दिर मावि धादिङबेसी परीक्षा केन्द्रबाट १३ जना छात्रा र ८ जना छात्रा गरी २१ जना, निलकण्ठ उमावि धादिङबेसीबाट ६ जना छात्रा र ६ जना छात्र गरी १२ जना, शमिभन्ज्याङ उमावि मैदीबाट ५ छात्रा र ३ छात्र गरी ८ जना, संस्कृत तथा साधारण उमावि मैदीबाट ६ छात्रा र २ छात्र गरी ७ जना, रानीपौवा उमावि सल्यानटारबाट ४ छात्रार १ छात्रा गरी ५ जना, अचने उमावि खहरेबाट ६ छात्रा र ५ छात्र गरी ११ जना, बद्रीविशाल उमावि बुढाथुमबाट ४ छात्रा र १ छात्र गरी ५ जना, मण्डली उमावि फूलखर्कबाट १ जना छात्रा र १ छात्र गरी २ जना , तामाखर्क उमावि गुम्दीबाट ५ छात्रा र ४ छात्र गरी ९ जना, महेन्द्र बाराही उमावि कटुञ्जेबाट ११ छात्रा र ७ छात्र गरी २३ जना र बच्छलादेवी उमावि सत्यादेवीबाट १२ छात्रा र ११ छात्र गरी २३ जना विद्यार्थीहरु परीक्षामा सामेल भएका छैनन् ।
यसैबीच धादिङमा तोकिएको २१ वटै परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण र मर्यादित ढङगले परीक्षा सञ्चालन भएको छ । परीक्षामा कुनै पनि अप्रिय घटना नघटेको जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।