विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि पाकिस्तानले अष्टे्रलियासामू २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
एडिलेड ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.५ ओभरमा २१३ रनमा अलआउट भयो ।
पाकिस्तानको सुरुवात राम्रो हुन सकेन । प्याट कमिन्सको स्थानमा पेश बलर जोश हृयाजलउडलाई खेलाउने माइकल क्लार्कको रणनीति सफल भयो । उनले पाकिस्तानको स्कोर २० रन हुँदा भरपर्दा ब्याट्सम्यान सरफराज अहमदलाई क्लार्कको हातबाट क्याच गराए । उनी १० रनमा आउट भए ।
थप ४ रन जोड्दा अर्का ओपनर अहमद शेहजादलाई ५ रनमा गुमायो ।
कप्तान मिस्बाह उल हकले हृयारिस सोयलसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै पाकिस्तानलाई केहि आश दिलाए । सोयल ९४१० तथा मिस्बाह ९३४० लाई म्याक्सवेलले पभेलियनको बाटो देखाएपछि पास्किस्तानका लागि कुनै साझेदारी हुन सकेन् ।
उमर अकमल २० तथा सोहिब मकसुद २९ रनमा आउट भए । अष्ट्रेलियाका जोश हृयाजलउडले ४ विकेट लिए । म्याक्सवेल र मिचेल स्टार्कले समान २-२ विकेट लिए । यसससँगै मिचेल स्टार्क १८ विकेटसहित जारी प्रतियोगितामा सवार्धिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् ।