Sat. May 18th, 2024

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

७ चैत, धादिङ – पौडी खेल्ने क्रममा शनिबार एक जनाको मृत्यु भएको छ ।

दिउँसो साथीसँग पौडी खेल्न धादिङबेसी स्थित थोपल खोलामा गएका १५ बर्षिय पवन अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । पौडी खेल्न क्रममा पवन डुवेपछी सँगै पौडी खेल्न गएका साथिहरुले प्रहरीलाई खवर गरेका थिए ।

धादिङबोडिङको कक्षा ९ मा अध्ययनत पवन अधिकारी आज विदाको दिन साथिसँग पौडी खेल्न थोपल खोलामा गएका थिए । सोहि क्षेत्रमा गतबर्ष पौडी खेल्ने क्रममा पनि एक जनाको मृत्यु भएको थियो । यसैक्रममा जिल्ला प्रशासन कार्यलयले आफ्ना बच्चाहरुलाई खोलामा पौडी खेल्न जान नदिनको लागी अभिभावकहरुलाई अनुरोध गरेको छ । गर्मि बढेसँगै बच्चाहरु खोलामा पौडी खेल्न जादा दुखद् घट्ना हुने भन्दै सजग रहनपनि प्रशासनले अभिभावकहरुलाई अपिल गरेको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: