Sat. May 18th, 2024

धादिङमा ७ वर्षिय बालिका बलात्कृत

balaktar
७ चैत, धादिङ – धादिङमा सात बर्षिय एक बालिका माथी बलात्कार भएको छ ।

यहि चैत ४ गते गोठालो गएकी बालिका बलात्कारीको शिकार बन्नुभएको हो । बलात्कार गरेको आंशकामा धादिङ महादेवस्थान गाउँ विकास समितिका २४ बर्षिय बलबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । घटना भएको तीन दिनपछि शनिबार मात्र बलात्कार भएको सार्वजनिक भएको हो । बालिकाको यौनीमा घाउ बनेकाले घटना बाहिर आएको बालिकाकी आमाले बताउनुभएको छ ।

बाख्रा चराउन गएकी एक सात वर्षीया बालिकालाई ललाइ फकाइ बलात्कार गरि फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई गाउँबासीको सहयोगमा प्रहरी पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घाइते बालिकाको प्रहरीले उद्धार गरि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गरेका प्रहरी नायव उपरिक्षक प्रकाश मल्ले जानकारी दिनुभयो । अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

धादिङमा गत आर्थिक वर्ष २०७०/०७१ मा १७ वटा बलात्कारका घटनाहरु भएका छन् । ती मध्ये १० जना बालिका रहेका छन् । बलात्कार हुने बालिका मध्ये ४ वर्षदेखि १० वर्षभित्रसम्मका रहेका छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: