Fri. Mar 29th, 2024

धादिङमा ३ सय ४ जनामा क्षयरोग

chayarog
१० चैत, धादिङ – धादिङ जिल्लामा यस आर्थिक वर्षको साउनदेखि हालसम्म ३ सय ४ जना क्षयरोगका बिरामीहरु रहेका छन् ।

ती मध्ये १ सय ७२ महिला र १ सय ३२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।

मंगलबार देशभर १ सय ३३ औँ क्षयरोग दिवस मनाइरहँदा धादिङमा पनि त्यसको प्रभावकारीता र असर न्युनिकरणका लागि विभिन्न सचेतनात्मक कार्यक्रमहरु भइरहेको छ । समुदायमा लुकीछिपी रहेका क्षयरोगीका बिरामीलाई उपचारका लागि निको पारौँ भन्ने नाराका साथ धादिङको महादेववेशीमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय धादिङ, महोदवबेसी स्वास्थ्य चौकी धादिङ र सिड्स धादिङको संयुक्त आयोजनामा क्षयरोगको अवस्था, लाग्ने प्रक्रिया तथा बच्ने उपायका बारेमा स्थानीयहरुलाई जानकारी गराइएको थियो । क्षयरोग किटाणुबाट लाग्ने सरुवा रोग भएकाले यसबाट बच्न सबैले सर्तक अपनाउनुपर्ने र यो रोग हाल जटिल बन्दै गएकाले न्युनिकरणका लागि आफै सर्तकता अपनाउन जिल्ला स्वास्थ्य कार्यलय धादिङले  आग्रह गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: