१० चैत, धादिङ – फोकस नेपालद्धारा सञ्चालित एकिकृत सत्रुसीप व्यवस्थापन IPM पाठशालाको मंगलबार विदेशीहरुद्धारा अवलोकन गरिएको छ ।
बेलायत, अमेरिका लगायतबाट आएका ३ जना प्रोफेसर सहित २७ जना विद्यार्थीहरुको टोलीले धादिङको कुम्पुर गाँउ विकास समितिमा सञ्चालन भइरहेको पाठशालाको अवलोकन गरेको हो ।
फोकस नेपालले तरकारी तथा खाद्यन्नबालीको बीउ प्रदान गरे पश्चात कुम्पुरका स्थानीय किसानहरुले मनग्य आम्दानी लिएका छन् ।वि.स. २०६८ सालमा गठन गरिएको कुम्पुर पाठशालामा हाल २३ वटा समुहका ५ सय ७५ जना किसानहरु लाभान्वित भएका छन् ।
रासायनिक मल, विषादी, तरकारी खेती लगायतका विभिन्न विषयमा १८ हप्तादेखि २२ हप्तासम्म तालिम दिए पश्चात किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् । त्यहाँ उत्पादन भएका तरकारीहरु धादिङ लगायत काठमाडौँ, पोखरा लगायतका ठाँउहरुमा पठाइने गरेको IPM पाठशालाका टेक्निसियन मनकला थपलियाले जानकारी दिनुभयो ।
पाठशाला मार्फत सिकिएका कुराहरुलाई व्यवहारमा लागु गरी व्यवसायीक रुपमा नै तरकारी खेती गरेर राम्रो आम्दानी भएपछि किसानहरु पनि खुसी देखिएका छन् । तरकारी खेती गरिएको पहिलो वर्षमा ढेड लाख आम्दानी भएपछि उत्साहित हुँदै व्यवसायिक रुपमा नै खेती गर्न थालिएको किसानहरुको भनाई छ । अहिले तरकारी खेतीबाट वार्षिक रुपमा ५ लाखसम्म आम्दानी गर्ने गरेको छ ।