Thu. Jul 18th, 2024

भक्तपुरमा ११ दिने बृहत औद्योगिक मेला हुने

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
१२ चैत्र, भक्तपुर –  नयाँवर्षको अवसरमा भक्तपुरमा बृहत औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गर्ने मेला आगामी चैत्र २७ गतेदेखि बैशाख ७ गतेसम्म ११ दिने मेला आयोजना हुने भएको हो । विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उदेश्यले नयाँ वर्षको अवसरमा भक्तपुरमा पहिलो पटक बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको बताउनुभयो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा भक्तपुर औद्योगिक तथा व्यापार मेलाको आयोजना गर्ने भएको उहाँले जानकारी दिनुभयो । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरुको स्टल रहने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक दिपक थापाले अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने बताउनुभयो । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने भएको बताउनुभयो ।

मेलामा २ सय भन्दा बढी स्टल राखिने भएको छ भने स्टलको साईज अनुसार कम्तीमा ४ हजारदेखि १२ हजार रुपैयाँसम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराईने छ । मेलामा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने हामीले अनुमान गरेका छौ । करिब १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा राखिएको छ । मध्यपुर ब्वाईज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती हुने जानकारी दिनुभयो ।
व्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने भएको छ । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा समेतले यसबाट लाभ लिन सक्ने आयोजकले बताएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: