Mon. Jun 24th, 2024

राष्ट्रिय सहकारी दिवस धादिङमा पनि मनाइने

Untitled-1 copy
१२ चैत, धादिङ  – ५८ औँ राष्ट्रिय सहकारी दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र स्थानिय सहकारी संस्थाहरुको उपस्थितिमा जिल्ला सहकारी संघ धादिडका अध्यक्ष्य श्री नेत्रराज पौडेलेको अध्यक्षतामा चैत ११ गते बसेको बैठकले सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

प्रत्येक वर्षको चैत २० गते मनाइने यस वर्षको राष्ट्रिय सहकारी दिवसको नारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” तय गरिएको छ । उक्त वैठकले सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघका अध्यक्ष श्री नेत्रराज पौडेलको अध्यक्षतामा डिभिजन सहकारी कार्यालय १, विषयगत जिल्ला सहकारी संघ ५ र धादिड जिल्लाका सहकारी संस्था ४१० सहित ४१७ सदस्य मूल समारोह समितिकोे गठन गरेको छ ।

बैठकले धादिड जिल्लाका सहकारी संघ संस्थाले आफूलाई पायक पर्ने आफ्नो कार्यक्षेत्रमा कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाउन र जिल्लाको सदरमुुकाममा उपस्थित हुन सक्ने सहकारी संघ संस्थालाई सदरमुकाममा आयोजना हुने कार्यक्रममा सहभागी हन अनुरोध गरेको छ ।

दिवसको दिन चैत २० गते विहान सदरमुकाम आसपासका सहकारी संस्थाहरुको व्यानर सहितको ¥यालीमा सहभागी गराइने र ¥यालीमा उत्कृष्ट सहभागीता, अनुशासन भए वापत पनि एक वटा सहकारीलाई पुरस्कृत गरिने भएको छ । ¥यालीको स्वतन्त्र मूल्यांकन गर्न नेपाल पत्रकार महासंघ धादिडलाई अनुरोध गर्ने डिभिजन सहकारी कार्यलय धादिङका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा वर्षभरी उत्कृष्ट काम गर्न सफल भएका सहकारी संस्था, उत्कृष्ट रुपमा सहकारी सञ्चालन गर्न सफल सहकारीका संचालक तथा कर्मचारीलाई पनि दिवसको अवसरमा पुरस्कृत गरिने कार्यक्रम तय गरिएको छ ।
दिवसको पूर्व सन्ध्यामा सदरमुकाम धादिङबेसीमा रहेको श्रोत परिचालन सहकारी संस्था लि.ले पनि चैत १७ गते रक्तदान कार्यक्रमको आयोजना गरिने सहकारीका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

वि.स. २०१३ साल चैत २० गते चितवनको बखानपुरमा सबैभन्दा पहिले सहकारी स्थापना भएको सम्झनामा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: