Tue. May 21st, 2024

वैदेशिक रोजगारीका विषयमा सरोकारवालालाई जानकारी

11096477_799145460165403_8944579686364057585_n

धादिङ – वैदेशिक रोजगारमा जाने महिलाहरुको सुरक्षा र उनीहरुका बालबालिकाहरुका निम्ति गरिनुपर्ने सहयोगका विषयमा धादिङबेसीमा छलफल गरिएको छ ।

पौरखी नेपालको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारमा गएर आएका महिलाहरुका अवस्था, भाषा, सीपको अभावमा विदेशमा गएर भोग्नु परेको समस्या, सुरक्षित आप्रवासनका लागि अपनाउनु पर्ने सावधानी, वैदेशिक रोगारमा जाने महिलाहरुको सुरक्षा र उनीहरुका बालबालिकाहरुका निम्ति गरिनुपर्ने सहयोगका विषयमा छलफल गरिएको थियो । जिल्लामा महिला कामदारको अवस्थामा अझ सुधार गर्नका लागि के कस्ता कार्यक्रमहरु ल्याउनु पर्दछ र जिल्लाका आवश्यकता के कस्ता छन् भन्ने बोरेमा पौरखी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न गाउँस्तरहरुमा गएर वैदेशिक रोजगारी सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु गर्नु पर्ने सहभागीहरुले बताउनु भयो ।

त्यसै गरि पौरखी नेपालले वैदेशिक रोजगारमा गएर फर्केका कामदारहरुको हक अधिकार संरक्षण तथा संबद्र्धनका लागि क्रियाशील रुपमा लागि परेको पौरखी नेपालका केन्द्रिय अध्यक्ष मञ्जु गुरुले बताउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापा, जिल्ला समितिका लेखा परिक्षण अधिकृत हरिपाटा मगर, महिला तथा बालबालिका कार्यालयका निर्मला केसी, जिल्ला सरकारी कार्यालयका सहायक न्यायधिवक्ता जानकी प्रसाद घिमिरे, सुरक्षित आप्रवासन परियोजना सामकिा जिल्ला संयोजक कमल रोकया, गैर सरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल, पौरखी नेपालका केन्द्रिय सचिव सत्र कुमारी गुरुङ साथै जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाका प्रतिनीधिहरुले आ– आफ्ना धारणा राख्नु भएको थियो ।

पौरखी नेपाल धादिङ शाखाका अध्यक्ष राममाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बैदेशिक रोजगारमा गएर फर्किआएका महिला दिदी बहिनीहरुको पनि सहभागिता रहेको थियो । भने सोही दिन बैदेसिक रोजगारमा गएर आएका दिदीबहिनलिाई समाजमा कस्तो दृष्टीले हेर्दछ, आफुले वैदेशिक रोजगारमा गएर कमाएको पैसा कसरी उपयोग गरेका छन र बैदेसिक रोजगारमा जादा के के कुरामा ध्यान दिनुपर्छ लगायत विभिन्न विषयमाहरु छलफल गरिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: