Sun. Sep 8th, 2024

७१ बर्षिय हजुरआमाले दिइन एसएलसी

RG-BKT- Hajur Aama SLC Photo-12
भक्तपुर– उमेरले ७१ वर्ष पुगिसक्नु भएकी केदारकुमारी याखा पढाई छाडेर बस्नेहरुका लागि प्रेरणा बन्नुभएको छ । ईलाम घरभई हाल पेप्सीकोला बन्दै आउनु भएकी १० नातीनातिनीका हजुरआमा याखाले अहिले संचालन भईरहेको एसएलसी परीक्षा दिईरहदाँ यहाँका बासिन्दाका लागि प्रेरणा बन्नु भएको छ ।

मध्यपुरथिमि नगरपालिका स्थित बोडे उच्च माविमा संचालित खुल्ला विद्यालयमा अध्ययन गरि आदर्श उच्चमावि लायकू केन्द्रबाट परीक्षा दिईरहनु भएकी उहाँले घरका परिवारको प्ररणाले एसएलसी परीक्षा दिएको बताउनुभयो । आफूले उमेरमा पढ्न नपाएको अधूरो चाहनालाई ६ वर्षअघि अनौपचारिक कक्षाबाट पढाई सुरु गर्नु भएको उहाँले यसवर्ष घरका दुई नातिनातिनासंगै एसएलसी परीक्षाको तयारी गर्नुभएको हो ।

याखाले भन्नुभयो—‘अनौपचारिक कक्षाबाट सुरु भएको पढाई खुला विद्यालय हुदै यसवर्ष एसएलसी दिन पाईयो, घरमा नाति आमोद याखा र नातिनी एन्जिला याखाले पनि यसवर्ष एसएलसी दिए, उनीहरुसंगै घरमा पढेर परीक्षा दिए ।’ परिवारमा चार छोरा, दुई छोरीलाई उच्च शिक्षासम्म अध्ययन गराएको उहाँले यो उमेरमा आफूले एसएलसी दिन पाउँदा अरुका लागि प्रेरणा समेत भएको बताउनुहुन्छ ।

आदर्श उच्च मावि लायकूकी प्राचार्य एवं परीक्षा केन्द्राध्यक्ष विद्यादेवी चित्रकारले यसवर्ष खुला विद्यालयबाट यस केन्द्रबाट मात्रै ८७ जनाले परीक्षा दिएको बताउनुभयो । बृद्ध उमेरमा पनि याखाले परीक्षा दिएको देखेर थिमिका बासिन्दा, शिक्षक, विद्यार्थीलाई प्रेरणा मिलेको बताउँदै उहाँले याखा उदाहरणीय व्यक्ति भएको बताउनुभयो ।

About The Author

अन्य समाचारहरु: