Sun. Sep 8th, 2024

एसएलसी दिएका विद्यार्थीलाई टेलिकमको नयाँ योजना

telicom
१३ चैत, धादिङ – एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकम धादिङले जिएसएम प्रिपेड सिमकार्ड वितरण गर्ने भएको छ ।

२०७१ सालमा एसएलसी दिएर बसेका विद्यार्थीहरुको प्रवेशपत्रको आधारमा सस्तो मूल्यमा सिम कार्ड वितरण गरिने नेपाल टेलिकम धादिङका सिनियर रेजिस्टेसन पुस्कर कोइरालाले जानकारी दिनुभयो । सिमकार्ड शुक्रबारदेखि टेलिकमको कार्यलय धादिङबेसीबाट वितरण गरिनेछ ।

सिम कार्ड लिनका लागि २०७१ सालमा एुसएलसी दिएको प्रवेशपत्रको फोटोकपी, एक प्रति पासपोर्ट साइजको फोटो, आफ्नो नागरिकता वा आमाबुबाको नागरिकताको फोटोकपीको आवश्यक पर्ने जानकारी गराइएको छ । टेलिकमले एक महिनाभरी नै यो योजना संचालन गर्नेछ । सिम कार्डमा १०० एमपिएस डाटा फ्रि हुने, टप भ्यालु सेवा लगायतका विभिन्न सेवाहरु हुने नेपाल टेलिकम धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: