Sat. Jun 22nd, 2024

शुक्रबारबाट एसएलसी परीक्षा सकियो

slc student
१३ चैत, धादिङ – यस वर्षको प्रवेशिका परीक्षा एसएलसी शुक्रबारबाट सकिएको छ ।

चैत ५ गतेदेखि सुरु भएको परीक्षा धादिङमा शान्तिपूर्ण र मर्यादित ढङगबाट सञ्चालन भएको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।

धादिङ जिल्लाबाट यस वर्ष प्रवेशिका परीक्षा एसएलसीमा ६ हजार ९ सय ९१ जनाले फाराम भरेका थिए । ती मध्ये नियमित तर्फ ५ हजार ८ सय ६२ जना र एक्जाम्टेड तर्फबाट १ हजार १ सय २९ जना सहभागी भएका थिए ।

देशभर विभिन्न अप्रिय घटनाहरु भएपनि धादिङमा भने शान्त, मर्यादित र भयरहित वातावरणमा सञ्चालन भएको जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । धादिङमा यस वर्ष २१ वटा परीक्षाकेन्द्र तोकिएको थियो । यस वर्ष ३ जना दृष्टिविहिन, ६९ जना खुल्ला विद्यालयबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै २ जनाले कारागारबाट नै परीक्षा दिएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: