Wed. Jul 24th, 2024

शारीरिक अस्वस्थ्यता हेरेर अपांग परिचय पत्र वितरण

IMG_8942
धादिङ -महिला तथा बालबालिका कार्यलय धादिङले आर्थिक वर्ष २०७०/०७१ को साउन महिनादेखि हालसम्म २ हजार ४१ जनालाई अपांगता परिचय पत्र वितरण गरेको छ । जसमध्ये ८ सय २५ जना महिला र १ हजार २ सय १६ जना पुरुष रहेका छन् ।

अपांगताका स्थिति हेरेर क ख ग र घ वर्ग गरी ४ किसिमको परिचय पत्र वितरण गर्ने गरेको कार्यलयले जानकारी दिएको छ । शारीरिक मानसिक दुवै रुपमा अशक्त भएकाहरुलाई क वर्गको रातो अपांगता परिचयपत्र प्रदान गरिन्छ । यस्ता व्यक्तिहरुले मासिक १ हजार प्राप्त गर्ने गर्दछ ।

त्यस्तै ह्वीलचियर मार्फत हिडडुल गर्न सक्ने, दृष्टिविहिन, बहिराहरुका लागि ख वर्गको निलो अपांगता परिचय पत्र प्रदान गरिन्छ । उनीहरुले मासिक ३०० रुपैया प्राप्त गर्ने गर्दछ । त्यस्तै ग र घ वर्गको पहेलो र सेतो अपांगता परिचय प्राप्त गर्नेहरुले विद्यालयमा छात्रवृतिमा छुट पाउने गर्दछ ।  अपांगता भएकाहरुलाई कार्यलयले दुई जनालाई लोकसेवा तयारी कक्षाका लागि सिफारिस समेत गर्ने गरेको महिला तथा बालबालिका कार्यलय धादिङका प्रमुख शावित्रि थापा रावलले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: