Sun. Jun 16th, 2024

सुन्दरादेवी म्युजिक अर्वाडको मनोनयन सार्वजनिक

11051176_1561003380820868_621976300_n
धादिङ- प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोकदोहरी अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

आगामी २०७२ बैशाख ११ गते नुवाकोटको विदुरमा हुने अवार्डको पहिलो संस्करणका लागि आयोजक सुन्दरादेवी सन्देश साप्ताहिकले ९ वटा विधामा प्रदान गरिने अवार्डको ५ मनोनयन सुची सार्वजनिक गरेको हो । विदुर नेपाली लोक संगीतको विकास, विस्तार संरक्षण र सम्बद्धनको साथै लोक कलाकारको हौसला बढाउने उद्देश्यले पहिलो पटक आयोजना गर्न लागिएको साप्ताहिकका प्रकाशक किरण अधिकारीले जानकारी दिनुभयो ।

उत्कृष्ट गायीकाको मनोनयनमा रोदी घरमाबाट उमा श्रेष्ठ, आइपुग्यो नौलो गाँउबाट अमृता लुङगेली, झम झम दर्कीयो पानीबाट रमीला न्यौपाने, चुलबुले वैंशेबाट सिता थापा, फाटेको मनबाट पार्वती कार्की मनोनयनमा परेका छन् । त्यस्तै उत्कृष्ट गायकतर्फ चुलबुले बैंशबाट नवराज घोरासैनी÷मिलन श्रेष्ठ, घर मेलम्चीबाट वल ब. वाइवा, फाटेको मनबाट उद्धव कार्की, पासाङ ल्हामु रोडबाट कुमार भण्डारी÷इन्द्र लामा, मुटु भित्रबाट सुवास रिजाल शर्मा÷राजेन्द्र रिजाल मनोनयनमा परेका छन् ।

त्यस्तै उत्कृष्ट लय तर्फ रेशम थिङको फुलको डाली, राम थापा शिशिरको पानी कलका, वल ब. वाइवाको घर मेलम्ची, उद्धव कार्कीको कहा पाउनु इन्टरनेट, कुमार भण्डारीको पासाङ ल्हामु रोड रहेका छन् । उत्कृष्ट शब्द तर्फ रेशम थिङको फुलको डाली, राम थापा शिशिरको पानी कलको, भगवती उप्रेतीको दुख्यो मुटु, कुमार भण्डारी÷इन्द्र लामाको पासाङ ल्हामु रोड, राम कुमार श्रेष्ठको रुवाउदै छोड्नेलाई रहेका छन् ।

उत्कृष्ट भिडियो निर्देशक तर्फ फाँटेको मनबाट मिलन श्रेष्ठ, पासाङ ल्हामु रोडबाट प्रदीप सिंह थापा, घर मेलम्ची हेलम्बुबाट प्रेम लोप्चन, बाच्ने आधारबाट होम धिताल, धोका त दीदै दीन्नबाट माधव खरेल मनोनयनमा परेका हुन् । त्यसैगरी उत्कृष्ट मोडल महिला तर्फ मलाई ह्याण्सम केटाबाट रश्मी तामाङ, पानी कलकोबाट रेश्मा केसी, पासाङ ल्हामु रोडबाट संगीता ढकाल, फाटेको मनबाट यूनीका वस्नेत, घर मेलम्चीबाट रश्मी तामाङ रहेका छन् । उत्कृष्ट मोडल पुरुष तर्फ फाटेको मनबाट जनक श्रेष्ठ, कहा पाउनु इन्टरनेटबाट पशुपति थपलिया, पासाङ ल्हामु रोडबाट इन्द्र लामा, मुटु भित्रबाट सुवास रिजाल, घर मेलम्चीबाट कविन लामा रहेका छन् ।

त्यस्तै उत्कृष्ट छायाँकार तर्फ कहा पाउनु इन्टरनेटबाट प्रदीप सिंह थापा, पासाङ ल्हामु रोडबाट प्रदीप सिंह थापा, एउटा कुरा याद गरबाट वाइ पी. घिमीरे, मापसेबाट सुरेश श्रेष्ठ, घर मेलम्चीबाट मधुर बस्नेत रहेका छन् । उत्कृष्ट सम्पादक तर्फ रोदी घरमाबाट रोशन घिताल, बाँच्ने आधारबाट रोशन घिताल, कहा पाउनु इन्टरनेटबाट प्रदीप सिंह थापा, बस्यौ मुटु भित्रबाट कोपीला थापा, म नि विदेश जान्छुबाट माधव खरेल मनोनयनको सुचीमा परेका छन् । मनोनयनमा परेकाहरुको निर्णायक मण्डलबाट ८० प्रतिशत र एसएमएस भोटिङ लाइनबाट २० प्रतिशत गरि छनोट गरिनेछ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: