Sat. Jun 15th, 2024

जोगीमारा दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

jogimara 2
१६ चैत,  धादिङ – पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगीमारा गाँउ विकास समितिको वडा नं ९ स्थित खटौतीखोला नजिकै सोमबार बिहान दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

मृत्यु हुनेहरुमा कोरियन नागरिकहरु  च्याङबोकी (CHAANG BOKHEE), नोज योनडुक (NOH YON DEUK) , जा योङ चो (JAYOUNG CHO) , ली सोङ योङ (LEE SONG YOUNG) र माइक्रोका चालक काठमाण्डौ गोलढुङ्गा – ९ वस्ने २३ वर्षीया रोशन भुषाल रहेको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

jogimara 1

दुर्घटना परी घाइते भएका एक विदेशी र ६ जनाको काठमाडौँमा र बाँकी १० जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट कपिलबस्तुतर्फ जाँदै गरेको लु १ ख ९५९३ नम्बरको यात्रुवाहक बस र पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प १०२८ नम्बरको पर्यटकिय माइक्रोबस एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

काठमाडौँको नेपाल जोजाङ कोरीयन ट्रेड एण्ड चाइनिनोजन एसोसीएसन प्रालि, ठमेल काठमाडौँमा रहेको कम्पनि मार्फत पोखराको अन्नपूर्ण, पुनहिन लगायतका ठाँउहरुमा पदयात्रा गरी फर्केक थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: