Sun. Jun 16th, 2024

स्टार बन्ने सपना !

ईश्वर प्रवासी

timthumb

ऊ कानबाट फोन उतार्न नभ्याउँदै द्रूतगतिमा घरतिर दौडी। पधेँरामा धोएर झाडी वरपर बिस्कुनझैँ फिँजाएका चिसा कपडाले एकछिन पनि घाम ताप्न पाएनन्। पधेँरामा सँगै गएका हितैषीलाई गएँ भन्न पनि भ्याइन। संगीहरू छक्क परे।
एउटीले अर्कीको मुख ताक्दै प्याच्च बोली- ओई हेर्न, सहर गएर एउटा म्युजिक भिडियो खेलेर के फर्केकी थिई राधाले, फोन कानमा पर्न नपाउँदै गएँ पनि नभनी हान्निई नकचरी तरु कता कुदेकी हो कुन्नि … ?
‘बोलायो होला नि फेरि त्यही डाइरेक्टरले भिडियो खेल्न,’ अर्कीले जवाफ फर्काई, ‘खुबै ठुली मोडल भइछे आजकाल।’
‘मम्मी म फेरि काठमाडौं जानुपर्ने भो आज। मैले भनेकी थिएँ नि अस्ति एउटा डाइरेक्टरले उसको नयाँ मुभीको लागि कन्फर्म गर्छु भन्या छ भनेर …? हो उसैले भर्खरै कल गर्‍या थियो। पर्सि अडिसन छ रे अनामनगरमा। म जसरी भएपनि भोलि बिहानसम्ममा काठमाडौं पुगिसक्नु पर्ने हुन्छ। फेरि भोलि बेलुका प्रोड्युसरसँग पनि डाइरेक्टरले भेट गराउने रे। सँगै डिनर गर्नु पर्छ भन्या छ…?’ राधाले घरभित्र पस्दापस्दै एकै सासमा उकेली सबै कुरा।
चुह्लामा खाना बसाएर तरकारी केलाउँदै गरेकी मनमाया छक्क परिन्। राधा एउटा ब्यागमा धमाधम आफ्ना कपडा कोच्न थाली।
‘हैन, तँ किन यस्तो हतारिएकी …? बा सदरमुकाम जानु भा’छ, बेलुकीसम्ममा आइपुग्नु हुन्छ। उहाँले के भन्नुहुन्छ घर सल्लाह गरौँला। अस्ति पनि मलाई धेरै गाली गर्नुभा’ थियो। फेरि गाम-घरले भोलि के भन्ला …? सिनेमामा खेल्नेलाई राम्रो मान्दैन् यहाँ। म केही पनि जान्दिनँ, बुवालाई सोध,’ मनमायाले आफ्ना कुरा राखिन्।
‘हजुरहरू जेसुकै भनिस्योस् तर म यो अवसर गुमाउन चाहन्नँ। मेरो पनि आफ्नै सपना र आकांक्षाहरू छन्, जसलाई म मार्न सक्दिनँ। म मेरो लागि बाँच्ने हो, दुनियाँको लागि हैन। हजुरलाई थाहा छरु मुभी खेल्न कयौँ लगानी गर्दा पनि अवसर पाएका छैनन् काठमाडौँमा। तर यहाँ त अवसरले मलाई अफर गर्दैछ। म जसरी पनि जान्छु …’ राधाले प्रतिवाद गरी ।
‘तँ जिद्दी नगर। बुवाआमाको सल्लाहभन्दा बाहिर गएर जोखिम मोल्ने काम गर्नु राम्रो हैन। तँलाई पछि धोका होला। भोलि समाजमा बिक्नु पर्छ तैँले। यो तेरो पढ्ने बेला हो बरालिने हैन … सिनेमामा गएर नांगिने काम नगरेस्। बुवा आउन्जेल पर्खी। मलाई गाली ख्वाउने काम नगर,’ मनमायाले भक्कानिँदै सम्झाउने प्रयास गरिन्।
मनमायाको कुरा सुनेर पनि नसुनेझैँ गरी राधाले। हतारमा कपडा लगाई र कोठाको ऐनामा हेरेर साधारण मेकअपसम्म गर्न भ्याई। तुरुन्तै कौसीमा निस्केर अरुणलाई फोन गरी।
‘हेल्लो अरुण१ मलाई आजै काठमाडौं जानुपर्ने भयो, बस स्टेसनसम्म लिफ्ट देऊन् प्लिज …’
‘किन रु के पर्‍यो र त्यस्तो …?’ फोनबाट प्रतिउत्तर आयो।
‘म तिमीलाई सबै काठमाडौँ पुगेपछि भनौँला।’
केही क्षणमै अरुण पनि आँगनमा आइपुग्यो। ऊ सरासर सिडीँबाट एउटा ब्याग च्यापेर केही नबोली तल झरी। अरुणको मोटरसाइकलको पछाडि सिटमा चेपिएर बसी। मनमाया आँगनमा उभिँएर केही भन्न खोज्दैछिन् तर ऊ वास्ता गर्दिन। मोटरसाइकल स्टार्ट हुन्छ … घ्वार्र घ्वार्र।
‘एकछिन पख१ अलिकति खर्च लिएर जा।’
आमाको मन। पोल्टाबाट हजार रुपैयाँ झिकेर राधाको हातमा थमाउँदै भनिन्, ‘काठमाडौं पुग्नेबित्तिक्कै फोन गर्नू। बुवालाई पनि फोनबाटै भए पनि कल गरेर सुनाउनू। मसँग धेरै कचकच गर्नुहुन्छ नत्र …’
‘हुन्छ। बाई१’ पैसा समाउँदै छोटो जवाब फर्काई राधाले।
मोटरसाइकल तीव्र रफ्तारमा अगाडि बढ्यो। आँगनमा उभिएर मोटरसाइकल ओझेल नपरुन्जेल विस्फारित आँखाले हेरिरहिन् मनमायाले।
८ ८ ८

आशातीत सपना बुन्दै प्रफुल्लित मुद्रामा छिट्टै स्टार बन्ने अभिलाषा बोकेर गाउँकी एउटी निर्दोष पात्र सहर छिर्छे।
‘हेल्लो सर नमस्कार१ म राधा। भर्खरै नयाँ बसपार्कमा ओर्लिएँ।’
‘ओ… ओके ! गुड ! म अलि व्यस्त छु अहिले। मेरो मान्छे ट्याक्सी लिएर तिमीलाई त्यहाँ लिन आउँछ एकछिन त्यहीँ बस्दै गर…. अनि सुन, त्यो व्यक्ति रातो चेक सर्ट र जिन्स पेन्टमा हुन्छ। उसले कल गर्छ तिमीलाई,’ उताबाट फोनको प्रतिउत्तर आयो।
‘हस् बरु चाँडै पठाइदिनु होला। मलाई यहाँ बोर भइसक्यो,’ उसले भनी।
ओके-ओके! डन्ट वरी। यु विल बि रिफ्रेस्ड भेरी सुन्। सि यु लेटर … बाई !’
छोटो संवादसँगै फोन काटियो। राधाले बाई भन्ने एक निमेष पनि पाइन्।
करिब १५ मिनेटपछि कसैले ऊसँग हात अगाडि बढायो र भन्यो- हेल्लो१ दिस इस् राज, सेक्रेटरी अफ मिस्टर पाण्डे।
उसले त्यस व्यक्तिलाई राम्रोसँग नियाली। ‘रातो चेक सर्ट र जिन्स’ सायद यही हो उसको पहिचान। उसले पनि संकोच मान्दै हात अगाडि बढाई।
‘आई एम राधा’ उसले पनि हातमा हात मिलाई, मानौँ तालमा ताल मिलाउँदै छे।
‘यु आर ब्युटिफुल१ आई लाइक योर फिगर१ लुक्स सेक्सी टु,’ उसले फुर्क्याउँदै भन्यो।
‘ओ… थ्यांक यु भेरी मच,’ राधा पनि केही पुलकित भई।
‘लेट्स गो देन,’ राज अगाडि लाग्यो। ऊ पनि आज्ञाकारी बालिकाझैँ लुरुलुरु पछि लागी। सय मिटर जतिको दुरीमा ट्याक्सी लिएर कोही पर्खिरहेको थियो। दुबैजना हुइँकिए। ट्याक्सी दरबारमार्गस्थित एक पाँचतारे होटलमा गएर रोकियो।
‘ओर्लिनु होस् मेम्, हाम्रो गन्तव्य आइपुग्यो,’ राजले भन्यो।
‘ए! हजुर नेपाली पनि बोल्नु हुन्छरु मैले त हजुर नेपाली नै होइन भन्ठानेकी थिएँ। ओ थ्यांक्स् गड्। हजुरसँग सकीनसकी अंग्रेजी बोल्न मलाई कम गाह्रो भइराथेन,’ राधा अलि उत्ताउली हुँदै फेमिलियर बन्न खोजी।
‘यु आर सो फन्नी। आई लभ योर स्टाइल,’ राजले पनि गाला चिमोट्दै भन्यो।
राजले सरासर तेस्रो फ्लोरको रुम नम्बर १०१ मा लिएर गयो र ढोका अनलक गर्‍यो। दुवैजना भित्र प्रवेश गरे। कोठा डबल बेड रहेछ। महँगा-महँगा सामानले सुसज्जित कोठा देखेर राधा त्यसै रोमान्चित भई।
‘नयाँ मुभीमा न्यु एक्ट्रेसका रूपमा प्रवेश गर्दै हुनुहुन्छ, हार्दिक बधाई छ। सकेसम्म आफूलाई बेस्ट दिने कोसिस गर्नू। आई नो यु विल डु इट …,’ राजले प्रोत्साहित गरायो।
‘अँ, हजुर पनि…. अडिसन दिनै बाँकी छ। सेलेक्ट हुने हो कि हैन। आफूलाई यहाँ क्या नर्भस फिल भइराुछ। कुरा गर्नु हुन्छ … !’
‘तपाईं कन्फर्म सेलेक्ट हुनुहुन्छ, यसमा दुईमतै छैन। तर, तपाईंले हाम्रो डाइरेक्टर र प्रोड्युसर सा’बलाई ट्रिट गर्नु सक्नु पर्छ। कलिउडमा टिक्न त्यति सजिलो छैन। यहाँ केही पाउन केही गुमाउनु पनि पर्छ। यद्यपि उनीहरूको इसारामा चल्न सक्नु भयो भने तपाईं चर्चित स्टार बनेर कहलिनु हुन्छ। सम्झिनुहोस्, भोलिको आफ्नो करियर र भविष्यलाई। आफ्नो स्टारडम बनाउने यही हो मौका। यसलाई तुहिन नदिनु होला। भलो चाहने शुभचिन्तक भएको हैसियातले यो सबै भन्दैछु,’ उसले लामै सल्लाह दियो।
एउटी अबोध बालिका मीठो बोली र चकलेटमा फकिएझैँ राधाले टाउको हल्लाई। मानौँ, ऊ केही नबुझेर पनि बुझेझैँ गर्दैछे।
‘मेरो रोल के छ त मुभीमा …’ उसले छोटो प्रश्न तेर्स्याई।
‘साधारण१ तपाईंले कथाले मागे जति गर्नु पर्छ। त्यो सबै डाइरेक्टर र प्रोड्युसर सा’बले अहिले तपाईंलाई आएर प्रष्ट पार्दिनु हुन्छ। सुटिङ फ्लोरमा जानुभन्दा अगावै उहाँहरूले तपाईंलाई प्रयोग गरेर केही परामर्श दिनुहुन्छ। सायद त्यही हुनेछ, तपाईंको अडिसन पनि। सो बि प्रिपियर।’
कथाले के माग्छ राधा अनविज्ञ छे। ‘यससम्बन्धी क्लास लिनु पर्ने रे डाइरेक्टर र प्रोड्युसरसँग … म अनुभव गर्न जाँदैछु, कथाले मागे जति दिन …,’ मनमनै बोल्छे।
‘एनी वे गुड लक्१ तपाईं फ्रेस भएर बस्दै गर्नुस्। उहाँहरू अहिले आउनु हुन्छ। मैले के भनेँ, ख्याल राख्नु होला… ट्रिट देम नाइसली,’ कुरा टुंग्याएर राज बाहिरियो। सेतोपाटीबाट

About The Author

Loading...