Sat. May 18th, 2024

रेडक्रस धादिङको अध्यक्षमा सीताराम कोइराला

sitaram

धादिङ – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ सभापतिमा सीताराम कोईराला निर्वचित हुनुभएको छ ।

आइतबारदेखि धादिङबेसीमा सुरु भएको १० औँ जिल्ला अधिवेशनले कोईरालालाई निर्वाचित गरेको हो । जिल्ला सभापतिको लागि सिताराम कोइराला र इश्वरी अधिकारीबीच प्रतिस्पर्धा भएको थियो । जसमा सिताराम कोईरालालाई ८१ मत र उहाँका प्रतिद्वन्दी ईश्वरी अधिकारीलाई ६८ मत प्राप्त भएको थियो ।

यसैगरी अन्य सदस्यहरुमा सीताराम कोइराला समूहका देवराज धरेल, रामेश्वर सिंम्खडा, लक्ष्मी शाह, दुर्लवकुमार तामाङ, नारायण तिमिल्सिना, नेमबहादुर श्रेष्ठ, नारायणकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, भेषराज नेपाल, जयराम थापा, यमबहादुर बाँनिया र अधिकारी समूहका मंगलबहादुर तामाङ निर्वाचित हुनुभएको छ । २०२८ सालमा धादिङमा स्थापना भएको रेडक्रशको हालसम्म २६ ओटा उपशाखा र एउटा सहयोग समिति रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: