Tue. May 21st, 2024

सहकारी दिवसको अवसरमा १ सय २९ जनाद्धारा रक्तदान

Untitled-1 copy
१७ चैत, धादिङ – श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबार धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

५८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ३६ जना महिला र ९३ जना पुरुष गरी १ सय २९ जनाले रक्तदान गरेको छ ।

रक्तदान कार्यक्रममा विभिन्न सरकारी कार्यालय, संघ÷संस्था, वित्तिय संस्था, संस्थाका सेयर सदस्यहरु एवं बुदिजीबी लगायतको उपस्थिति रहेको संस्थाका व्यवस्थापक गोपी प्रसाद रिजालले जानकारी दिनुभयो ।

“आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने नाराका साथ देशैभरी चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै छ । धादिङमा पनि डिभिजन सहकारी कार्यलय धादिङको आयोजनामा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: