Sat. Jun 22nd, 2024

उपभोक्ताहरुकै लापरबाहीका कारण वनमा आगलागी हुन्छ

IMG_9510

१७ चैत, धादिङ – उपभोक्ताहरुकै लापरबाहीका कारण वनमा आगलागी हुने गरेको धादिङका सरोकारवालाहरुले बताएका छन् ।

वन आगलागी सम्बन्धी सरोकारवाला र संचारकर्मीहरुबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानविय क्रियाकलापले नै वनमा बढी मात्रामा आगलागीका घटनाहरु हुने गरेको भन्दै प्राकृतिक स्रोत, संरक्षणमा मात्र नभई सामाजिक संरक्षणमा पनि परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला वन अधिकृत राजेन्द्रमान भण्डारीले जंगलमा आगो लगाउँदा घाँस पलाउने, वन्यजन्तुबाट पशुपन्छि जोगिन्छ भन्ने भ्रमका कारण पनि उपभोक्ताले नै वनमा आगो लगाउने गरेको बताउनुभयो । चेतनाको कमीका कारण मानिसहरुले जानाजानी जंगलमा आगो लगाउने गरेको भण्डारीले बताउनुभयो ।

सामुदायक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले मंगलबार धादिङबेसीमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले वनमा हुने लागलागी न्यूनिकरणको लागि विद्यालय स्तरदेखि नै चेतनामुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताएका छन् । युएसएडको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम अन्तर्गत फेकोफनले विभिन्न वन समूहका पदाधिकारी र जिल्लाका सरोकारवाला निकायहरुसंग अन्तरक्रिया गरेको हो । स्थानीय निकायलाई वनको चिन्ता नभएकोले पनि आगलागी नरोकिएकोमा सहभागीहरुले जोड दिएका छन् । सञ्चारमाध्यमलाई उपयोग गर्दै डढेलोबाट जंगल जोगाउने अभियानमा लाग्न सम्बन्धित सरोकारवाला निकायहरुलाई सञ्चारकर्मीहरुले सुझाव दिएका छन् । डढेलो नियन्त्रणको लागि यस वर्षदेखि सुरक्षाकर्मीहरुसंग पनि समन्वय गरेर अघि बढेको फेकोफन धादिङका अध्यक्ष भक्तबहादुर सिंखडाले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: