Wed. Sep 11th, 2024

राजनेताहरुमा पनि विकासका योजनाहरु बनाउने क्षमता छ : तुलाधर

166947_302823589735170_225759810_n(3)

धादिङ – पूर्व शिक्षा मन्त्री एवं सभाषद गंगालाल तुलाधरले नेपालका राजनेताहरुमा पनि विकासका योजनाहरु बनाउने क्षमता रहेको बताउनु भएको छ ।

नेपालका राजनीतिक दलहरुसंग मूलुकको विकास गर्ने योजना नभएको भन्दै गरिने प्रचारबाजीको खण्डन गर्दै तुलाधरले यस्तो बताउनुभएको हो । बेलायतमा रहेको सेफिल विश्व विद्यालयका विद्यार्थीहरुले एक सातासम्म धादिङका विभिन्न गाउँहरुमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै तुलाधरले नेपाली राजनीतिमा सबै क्षेत्रका विशेषज्ञहरु रहेको दावी गर्नुभयो । आज सार्वजनिक गरिएको प्रतिवेदनमा सामुदायिक स्वास्थ्य, विकास योजना निर्माण र कार्यान्वयनको अवस्था, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा पछाडी रहेका समुदायको सवालहरु समावेश गरिएको छ ।

प्रतिवेदनले विकास निर्माणका लागि बनाइएका योजनाहरु साना र अव्यवहारिक रहेको पनि उल्लेख गरिएको छ । बेलायत, केन्या, कोरिया लगायतका देशका र नेपाली विद्यार्थीहरुको समूहले नलाङ, मैदी, मुरलीभञ्ज्याङ, चैनपुर लगायतका गाविसहरुमा अध्ययन गरेका थिए । सेफिल विश्व विद्यालयका प्राध्यापक डाक्टर पदम सिम्खडाले विश्वकै उत्कृष्ठ विश्वविद्यालय मध्येको सेफिल विश्व विद्यालयमा नेपाल सम्बन्धि अध्यापन हुने गरेकामा खुशी व्यक्त गर्नुभयो । विश्वविद्यालयमा गरिने अध्यापनबारे जानकारी दिनुहुँदै डाक्टर सिम्खडाले यहाँको अध्ययन पछि धेरै विदेशी विद्यार्थीहरुले नेपालका विविध पक्षमा सि.एच.डि. गर्न सक्ने पनि बताउनु भयो । पूर्व शिक्षा मन्त्री एवं सभाषद गंगालाल तुलाधर पनि सेफिल विश्व विद्यालयको भिजिटिङ प्रोफेसर हुनुहुन्छ ।

About The Author

अन्य समाचारहरु: