Sun. Feb 23rd, 2020

कृषि बालीहरुमा प्रयोग गरिने बिषादीहरुबारे जानकारीहरु

समिर एस्बी. मगर –

विषादीः
वीउ, विरुवा, रुख, पशु पंक्षी, मानव स्वास्थ्य, निर्माण क्षेत्र आदिमा लाग्ने शत्रुजीवहरुलाई रोक्ने, हटाउने, नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र नाश गर्ने लक्ष्य राखी प्रयोग गरिने विषालु पदार्थलाई नै विषादी भनिन्छ । आर्थिक उपार्जन र उपभोगको लागि लगाईएका कुनै पनि वोट विरुवा, बाली नाली आदिमा विभिन्न किसिमका रोग, कीरा, झारपात, मुसा आदिले बाली कटानी आघि र पछि समेत गरेर विभिन्न तरिकाले करिब २०–३५ प्रतिशत सम्म वार्षिक क्षति पुर्याइरहेको अवस्था छ । एकातिर उत्पादनको यति ठुलो हिस्सा वर्षेनी शत्रुजीवहरुबाट नोक्सान भइरहेको छ भने अर्को्तिर भूमिको उत्पादकत्व ह्रास र जनसंख्या बृद्धि तिव्र रुपमा भइरहेको छ । यस्तो अवस्थामा कमसेकम शत्रुजीवबाट नोक्सान भइरहेको उत्पादनको हिस्सालाई मात्र कम गर्न सकियो भने पनि खाद्य सुरक्षामा ठुलो टेवा पुग्ने देखिन्छ ।

बिषादीको प्रयोगको शुरुआत तथा विकासक्रमः
अन्र्तराष्ट्रिय परिवेशः

प्राचिन काल देखि नै बिषादीको प्रयोग भएको मानिन्छ । २०० B.C. मा समेत आर्सिनेट (Arsenate), पेरिस ग्रिन (peris green), लिड (lead) जस्ता बिषादीहरुको प्रयोग भएको देखिन्छ । तर त्यतिवेला प्रयोग हुने विषादीहरु Inorganic (अजैविक) र Botanical Compounds हरु मात्र थिए । जसको प्रयोग सन् १९४० को दशकको अन्त्य सम्म भएको थियो र ति विषादीहरुलाई प्रथम पुस्ताका (First Generation Pesticide) बिषादी भनिन्छ ।
आधुनिक रासायनिक बिषादी को प्रयोग तब मात्र शुरु भयो जब सन् १९३९मा स्वीस रसायन शास्त्री डा. पाउल मुलर ले डि.डि.टी. मा किटनाशक गुण पत्ता लगाए जुन झिङ्गा र लामखुट्टेको नियन्त्रणमा निकै प्रभावकारी पनि ठहरियो र यसले मलेरिया आदि रोगको नियन्त्रण गरि लाखौं मानिसको ज्यान जोगियो । यसैका निम्ति उनले नोवेल पुरस्कार समेत प्राप्त गरे । डि.डि.टी.को आविष्कार संगै अरु आधुनिक बिषादीहरुको पनि क्रमशः आविष्कार र प्रयोग हुंदै गयो फलस्वरुप सन् १९५० देखि १९७०को दशक सम्ममा अन्य अर्ग्यानोक्लोरिन्स् कम्पाउन्ड, अर्गयानोफस्फेट कम्पाउन्ड, कार्वामेटस् र सिन्थेटिक पाइरेथ्रोइड बिषादीको आविष्कार भयो र प्रयोगमा ल्याइयो । यी बिषादीहरुलाई दोस्रो पुस्ताका बिषादी भनेर पनि भनिन्छ ।
यसै गरि १९८०को दशक देखि एकिकृत शत्रुजीव व्यवस्थापनको सोंच शुरु भए संग संगै सुक्ष्म जीवजन्य बिषादीको प्रयोग शुरु भयो र यो समुहको बिषादीलाई तेस्रो पुस्ताको बिषादी पनि भनिन्छ । संग संगै वोट विरुवामा शत्रु कीरा नियन्त्रण गर्न हार्मोनको प्रयोग पनि शुरुवात भयो र यी कम्पाउण्डहरुलाई चौथो पुस्ताको बिषादी पनि भनिन्छ । यसरी बिषादीहरुको प्रयोग र विकास निरन्तर अगाडी बढ्दै गएको देखिन्छ ।

नेपाल परिवेशः

नेपालमा प्रथम पटक सन् १९५२ मा औंलो नियन्त्रणको लागि डि.डि.टी. आयात गरिएको थियो । सन् १९५५ मा पुनः सोही प्रयोजनका लागि डि.डि.टी. आयात भयो भने वालीमा प्रयोग गर्न १९५६मा डि.डि.टी. आयात गरियो ।

नेपालमा बिषादी प्रयोगको वर्तमान स्थितिः

वालीनालीमा रोगरकीराको प्रकोप हुनु भनेको शत्रुजीव, बाली र वातावरण यी तीन पक्ष वीचको जटिल अन्तरसम्बन्धको असन्तुलनको परिणाम हो । प्राकृतिक अवस्थामा सामान्यतया यो सम्बन्ध सन्तुलित हुन्छ । तर, यो सन्तुलन खलबलीदा शत्रुजीवको प्रकोपले महामारीको रुप लिन्छ र आर्थिक नोक्सानीको तह भन्दा पनि माथि जान्छ । यस्तो अवस्थामा सो सन्तुलन पुनः कायम राख्न बाली संरक्षणका वैकल्पिक उपायहरुको उपयोग र विषादीको सही र समुचित प्रयोगलाई प्रोत्साहन र निरन्तरता दिनु अपरिहार्य हुन्छ ।

कुनै पनि बालीमा प्रयोग गरिएको करिब ८०५ जीवनाशक बिषादी साधारणतया माटोमा टुंगिन पुग्दछ । माटोमा पुगेको बिषादी निष्क्रिय हुन निकै समय लाग्दछ । यसबाट माटोमा रहेका शुक्ष्म जीवाणुहरुलाई आघात पुग्न जानुका साथै भूमिगत जलश्रोत, खाल्डो र खोलामा बिष प्रदुषण हुने खतरा बढ्न जान्छ । यसका लागि बिषादीको न्युनतम प्रभावकारी मात्रालाई प्रयोगमा ल्याएर माटोमा हुने प्रदुषण नियन्त्रण गर्न सकिन्छ । माटोका शुक्ष्म जीवाणुहरुको गतिविधिमा पर्ने नकारात्मक प्रभावले माटोलाई थप प्रदुषित पार्नमा नै मद्दत पुर्याउछ ।

नेपालमा बिषादीको औषत प्रयोग १४२ ग्रामरहेक्टर बाट बढेर ३९६ ग्रामरहेक्टर पुगेको देखिन्छ । जस्मा बाली विषेश हेर्दा, बिषादी प्रयोगको अवस्था भयानक जस्तो देखिन्छ ।
चियामा( २१०० ग्रामरहेक्टर
कपासमा( २५६० ग्रामरहेक्टर
तरकारीमा १४५० ग्रामरहेक्टर (थापा, २००३)

बिषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुः

– बिषादी किन्दा विश्वस्निय पसलबाट मात्र खरिद गर्नु पर्दछ । बिषादीको मूल वट्टामा म्याद उल्लेख गरेको छ छैन हेर्नु पर्दछ र म्याद ननाघेको बिषादी खरिद गर्नु पर्दछ । प्रयोग गरिसकेपछि बिर्को बन्द गर्नु पर्दछ ।
– सिफारिस गरिएको अनुसार बिषादी र पानीको मात्रा मिसाएर प्रयोग गर्नु पर्दछ । बिषादीको मात्रा बढि भएमा विरुलाई प्रतिकुल असर पर्न सक्दछ ।
– बिषादीलाई घरको सुरक्षित ठाँउमा बच्चाहरुले छुन नसक्ने तथा नदेख्ने ठाँउमा ताल्चा मारेर राख्नु पर्दछ । भान्सा कोठा तथा खानेकुरा भएको ठाँउ देखि टाढै राख्नु पर्दछ ।
– बिषादीले छाला र आँखामा नराम्रो असर पार्दछ । त्यसैले बिषादी छर्दा शरिरको नांग्गो भाग कपडाले छोप्नु पर्दछ । मुखमा मास्क अथवा रुमालले छोप्ने र आँखामा कालो चस्मा लगाउनु पर्दछ । शारिरीक रुपमा कमजोर वा शरिरमा चोट पटक लागेको व्यक्तिले विषादी छर्नु हुँदैन ।
– विषादी बिहानी वा साँझपख छर्नु पर्दछ । दिउँसो मध्यान्ह तिर कडा घाम लागेको, हावा लागेको र पानी परेको बेला छर्नु हुँदैन । धुलो बिषादी पानीमा नमिसाई सिधै मलमलको वा पातलो कपडामा पोको पारेर छर्नु हुँदैन ।
– बिषादी प्रयोग गरिसकेपछि खाली वट्टा वा सिसी सबै बटुलेर खाल्डोमा पुरि जलाउनु पर्दछ । उपकरणहरु राम्रो संग सफा गरि धोएर राख्नु पर्दछ । बिषादी छर्दा चुरोट, सुपारी, बिडीं आदी सेवन गर्नु हुँदैन । बिषादी छरिसकेपछि सकेसम्म शरिर पुरै साबुन पानीले पखाल्नु पर्दछ ।
– बिषादी छरेको खेतबारीबाट बिषादीको असरलाई ख्याल राखी केहि दिन पर्खेर मात्र वाली उपभोग गर्नु पर्दछ । गाईवस्तु वा कुखुरा आदिलाई पनि खान दिनु हुँदैन ।
– बिषादी छर्दा छर्दै टाउको दुख्ने वा वाकवाक लाग्ने जस्तो भएमा तुरुन्तै काम छाडेर खुल्ला हावामा केहि बेर बस्नु पर्दछ । बिष लागेको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउनु पर्दछ ।

(लेखक ः तरकारी–जोन, कार्यालय धादिङका कृषि अधिकृत हुन् ।)

२०७५ जेठ २१ गते प्रकाशित

Loading...