Wed. Jan 22nd, 2025

सरकारी जागिरप्रति धादिङमा महिलाको आकर्षण

IMG_5242
धादिङ – सरकारी जागिरप्रति धादिङमा महिलाको आकर्षण बढ्न थालेको छ ।

जिल्ला हुलाक कार्यलय धादिङबाट खरिदार पदमा फाराम भर्नेहरु मध्ये पुरुष भन्दा महिलाको संख्या अत्याधिक रहेकोले सरकारी जागिप्रति महिलाको आकर्षण बढेको पुष्टि भएको हो । लोकसेवा आयोगले गत फागुन २७ गतेदेखि खुलाएको खरिदार पदका लागि हालसम्म २ सय ५ जनाले फाराम भरेकोमा १ सय १३ जना महिला रहेका छन् ।

मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत बाग्मती अञ्चलका लागि खुला तर्फ ४० सिट, महिलामा ११ सिट, आदिवासी जनजातीमा ७ सिट, मधेसीमा ७ सिट, दलितमा ३ सिट, अपाङगमा १ सिट र पिछडिएको क्षेत्रमा २ सिट गरी जम्मा ७१ सिट माग भएको छ । यो गत वर्षहरुको तुलनामा सबैभन्दा बढी हो । लोक सेवा आयोग केन्द्रिय कार्यलय मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय कमलपोखरी काठमाडौँले द्धितिय श्रेणी खरिदार पदका लागि फाराम भर्ने म्याद चैत १७ गतेसम्मका लागि तोकिएको थियो ।

विभिन्न कारणले फाराम नभरेकाहरुले दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म फाराम भर्न सकिने जिल्ला हुलाक कार्यलय धादिङका गोविन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो । पछिल्लो समय लोकसेवा आयोगले हरेक वर्ष खुलाउने नायव सुब्बा, खरिदार लगायतका सरकारी सेवाका पदहरुमा धादिङका युवाहरु पनि बढी मात्रामा आकर्षित हुन थालेका छन् ।

About The Author

अन्य समाचारहरु: