Fri. Mar 29th, 2024

३३ प्रतिशत बन्यो सस्तो भाषण

सुनिता मैनाली

आजकल निकै नै लाकप्रीय र बहसको बजार पाएको छ ३३ प्रतिसतले । थाहा नपाउने कोहिपनी छैन जस्तो लाग्छ । धादिङको एउटा गाउमा एक जना लगभग ७० बर्ष पार गरीसक्नु भएको आमा जो साक्षर हुनुहुन्न, भन्दै हुनुहुन्थो, नानी अहिले त ३३ प्रतिसत भन्छन, यो भन्दा बढि के चाहियो ? तर ३३ प्रतिसत के हो अनी यसले हामीलाइ के फाइदा गर्छ भन्ने मेरो जिग्यासामा आमा मौन हुनुहुन्थो । यो शब्द वहाले चुनाबी भाषण ताका सुन्नुभयो रे । नेता ज्यु हरुले चुनाव ताका यो नारालाइ राम्रैसग उमाल्नु भएछ तर त्यसको ब्याख्या गर्ने फुर्सद भएन अथबा आबस्यक ठान्नुभएन ।

नेपालको संबिधानको भाग ३ ले समानताको हकलाइ मौलिक हकको रुपमा सुनिस्चीत गरेको छ । त्यसैले लींगका आधारमा हुने कुनै पनी किसिमको भेदभावको अन्यका लागी सोहि अनुकुल कानुनहरु निर्माण भइरहेको पनी छ । महिलाले महिला भएकै कारनले राज्यका श्रोत र साधनबाट बन्चीत भइ दोस्रो दर्जाको नागरीकको जस्तो आत्मसम्मान बिहिन जिवन यापन गर्नु नपर्ने अबस्था नै अहिलेको संबिधानको आसय हो । जस स्वरुप समाबेसी । मिानुपातीक सिद्धान्तको आधारमा राज्यको हरेक तह तप्कामा महिलाको ३३ प्रतिसत सहभागीता हुनुपर्ने बाध्यकारी ब्यबस्था गरेको हो । तर त्यो भनेको ३३ प्रतिसत भन्दा बढि भयो भने गलत हुन्छ भन्ने चै होइन । न्युनतम को कुरा गरेको हो ।

देशको आधा हिस्सा ओगटेको महिला बर्गको यो देश र समाज परिवर्तनामा पुरुष सरह नै भुमिका निर्बाह गर्दै आएका छन । प्रलेखनको आधारमा हेर्ने हो भने सन १८१४ देखी १८१६ सम्म चलेको नेपाल अंग्रज युद्ध देखी लिएर अहिले सम्म परीवर्तनका लागी भएका बिभिन्न ससस्त्र र शान्तिपुर्ण संधर्षहरुमा भाग लिदै क्रान्तीका ज्वारभाटाहरु जन्माएका महिलाहरु बत्ती मुनीको उज्यालो झै अलमल्ल छन । आखिर श्रृष्टी चलाउन पुरुषको जत्ती भुमीका छ महिला को पनी उत्तीकै छ, लडाइमा पनी पुरुष सरह आवाज उठाए, बन्दुक बोके । कत्तीले त आफनो सपनाको तिलान्जली दिएर घर र बालबच्चा सम्हालिदिएर पुरुषलाइ भुमिगत हुन र राजनीती गर्न र अहिलेका नेता बन्न बाटो नै खनीदिए । आफनो अस्तित्वलाइ छायामा पारेर सहज बाताबरण बनाइदिए र हजारौले महिलाले देश र जनता कै लागी भनेर आफनो ज्यान उत्सर्ग गरे । तर खोइ त्यसको मुल्य ? यती महान इतिहास बोकेको यो बर्गले कनी अहिलेसम्म पनी ३३ प्रतिसतको लागी लडाइ लड्नुपरेको छ ? आखिर के मा कमि देखियो या देखाइयो पुरुष सरह हिस्सा ओगट्न ?

नीयम कानुन जति नै फुलबुट्टे भएपनी कार्यत्वयन नै फितलो भएपछी त्यसको सुन्दरतामा ह्रास आउदो रहेछ । अनी कार्यन्वयन नहुनुमा कार्यन्वयन गर्न राज्यको कथित शक्तिबाहकहरुको टाउकोमा के छ भन्ने कुराले निर्धारन गर्दो रहेछ । अर्थात उनीहरु कार्यन्बयनमा जानु पुर्व पककै पनी आफनो सत्ता टिकाइराख्ने संस्कारको निरन्तरतामै लाग्छन । जुन संस्कारले आफुमात्र सहि अरु सबै गलत, आफु त्यो पदमा भए मात्र सबै कुरा ठिक ढगंले चल्छ, अरु आएभने जहाजै डुब्छ भन्ने मान्यतालाइ हराभरा बनाएको छ । कतीपय मनोबैज्ञानीकहरुले यो प्रबृत्तीलाइ मानब चरीत्र हो भनेर पनी बिश्लेषण गरेका छन ।

अमेरीकन मनोबैज्ञानीक हेनरी मुर्रेले मानिसको ब्यबहारको अध्यन गरेर आधारभुत मानब आबस्यकताको लामो सुची तयार पारे जसमा शक्तिको आबस्यकता ९ल्भभम या एयधभच० पनी थियो । शक्तिलाइ नै आधारभुत आबस्यकतामा राखीन्छ भने पक्कै पनी आफ्नो आधारभुत आबस्यकता पुरा गर्न मान्छेले अरुको आबस्यकतालाइ महत्व नदिन सक्छ ।
त्रीभुवन विस्वबिद्यालय शिक्षन अस्पतालमा चिकित्सक मनोबिज्ञानमा एम.फिल. गर्दै गरेकी बिद्यार्थी श्रुती राणा भन्नुहरन्छ, कुनैपनी व्यक्तिमा, बिसेस गरी राजनैतीक शक्ति हाशिल गर्नु पुर्व र गरीसकेपछिको दृढता, संकल्प र सपनामा परवर्तन आउछ, उनीहरुमा अझै शक्तीसाली हुने चाह बढेर आउछ र शक्ति केन्द्रीत हुन्छन ।

यो महिना तत्कालीन देशको दुइ ठुला कम्युनीस्ट पार्टीहरु ने क पा (एमाले) र ने क पा (माओबादि) बिचको पार्टी एकिकरनले राष्ट्रिीय र अन्तराष्ट्रिय रुपमा नीकै नै चर्चा कमायो । दुबै पार्टीको देशलाइ अहिलेको अबस्था सम्म ल्याइपुर्याउन बिसिस्ट योगदान रहेको तथ्यलाइ जनताले चुनाव मार्फत प्रमाणित गरीसकेका छन । इतिहासलाइ फर्केर हेर्ने हो भने संबिधान सभा र गनतन्त्रका लागी दुबै पार्टीको ससस्त्र बिद्रोह र सान्तीपुर्ण आन्दोलनहरुमा महिलाहरुले नीर्णायक भुमिका खेलेकै हो । त्यसकै फल स्वरुप संबिधानमै महिला अधिकार र सहभागीतालाइ सुनीस्चीत गर्ने सुरुवात स्वरुप ३३ प्रतीसत उल्लेख गर्न पनी सफल भएकै हो । तर त्यो लेखमा मात्र सिमित भयो । ने क पा ले ४४१ सदसीय केन्द्रीय समितिको चयन गर्यो जसमा ७६ जना मात्र महिला छन । यो कुलको १७ प्रतिसत हो । यो संख्याले महिलाहरुको नीधार खुम्च्याइदियो । धेरैको अपेक्षा थियो राज्यले अंगालेको समाबेशी र समानुपातीक सीद्धान्त अनुरुप कम्युनीस्ट पार्टी त्यसमा पनी एकीकरन पछिको सर्बहाबर्गको शक्तीसाली केन्द्रले पछाडी पारीएको वर्गलाइ पक्कै पनी नेतृवमा राम्र स्थान दिन्छ जुन कम्युनीस्ट सिद्धान्त भित्र पनी पर्ने कुरा हो । तर नतीजा कहालीलाग्दो आयो ।

अर्को बिडम्बना, दक्षीण एसीयाकै ठुलो कम्युनीस्ट पार्टीले हाकेको कम्युनीस्ट सरकारमा प्रधानमन्त्री पुरुष । यो पदलाइ त आंखै नलाम । अहिले सम्म त यो जिम्बेवारी पुरुषको नैर्शगीक जस्तै हो । उपप्रधानमन्त्रीहरु दुबैजना पुरुष अनी २४ जनाको मन्त्रीकण्डलमा जम्मा ४ जना महिला मन्त्री । के महिलाहरुमा क्षमता नै नभएर हो त ? कि १७ रौ सताब्दीमा फ्रान्सका राजा लुइ १६ रौं ले म नै राज्य हु राज्य नै म हो ९क्ष् बm तजभ कतबतभ तजभ कतबतभ ष्क mभ० भनेझै हाम्रा नेताहरुमा पनी त्यो अहमताले राज गरेको हो ? तर स्मरन रहोस उनको त्यो भनाइ र त्यसमा आधारीत ब्यबहार फ्रान्सेली राज्य क्रान्तिको कारणहरुमध्ये एक थियो ।
अब अन्तीममा फेरी ३३ प्रतीसकै प्रसंग जोडौ । संबीधानसभाबाट जनताको भाबना अनुरुप संबिधान बन्यो । तर त्यसको मर्मलाई राज्य आफैले बेवास्ता गर्छ भने उनीहरु चै कार्बाहिको भागीदार हुन्छन की हुदैनन् ? की प्रणाली मात्र फेरीएको हो, हाम्रो शैली र आचरनमा पुरानै पनचायती मान्यता नै हाबी छ । हैन भने ३३ प्रतीसतलाइ चुनाबको सस्तो नारा मात्र नबनाइयोस । सरकार यी असन्तुष्टीका आवाजहरु माग पुरा नहुन्जेल सम्म बुलन्द भइरहन्छन ।

२०७५ जेठ २८ गते प्रकाशित

About The Author

Loading...