Fri. Mar 29th, 2024

राष्ट्रिय सहकारी दिवस धादिङमा पनि मनाइयो

sahakari 1

२० चैत, धादिङ – ५८ औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ शुक्रबार धादिङमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा डिभिजन सहकारी कार्यलय धादिङ, जिल्ला सहकारी संघ साथै अन्य विषयगत सहकारी संघको संयुक्त आयोजनामा धादिङको पुछारबजारबाट ¥याली निकालिएको छ । ¥याली बीचबजार हुँदै धादिङ उद्योग वाणिज्य संघको प्राङगणमा गएर सभामा परिणत भएको थियो ।

sahakari

सभामा सहकारीका क्षेत्रमा उत्कृष्ट काम गरे बापत विभिन्न सहकारी संघसंस्था तथा संचालकहरु पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा उत्कृष्ट संचालन तर्फ साना किसान कृषि सहकारी संघ लिं तसर्पुका राधिकादेवी सापकोटा, उत्कृष्ट व्यवस्थापक तर्फ जनजागृति बहुउद्देश्यीय सहकारी संस्था धुषाका गीता पाठक पुरस्कृत भएका छन् । त्यस्तै डिभिजन सहकारी कार्यलयका सहायक सहकारी निरीक्षक विनोद शाहलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारीको रुपमा संयुक्त कृषि तथा पशुपालन सहकारी संस्था कटुञ्जे, नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था धादिङबेसी, समाज विकास बहुउद्देश्यीय सहकारी संस्था बुढाथुम पुरस्कृत भएका छन् । त्यस्तै ¥यालीमा उत्कृष्ट सहभागीता भएबापत नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ ।
उत्कृष्ट हुने सबैलाई धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा धादिङ सदरमुकाम आसपासका २५ वटा सहकारी संस्थाहरुको सहभागीता रहेको थियो । वि.स. २०१३ साल चैत २० गते चितवनको बखानपुरमा सबैभन्दा पहिले सहकारी स्थापना भएको सम्झनामा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: