Sat. Jun 22nd, 2024

उत्तरी धादिङमा आँखा शिविर सुरु

eye
धादिङ – उत्तरी धादिङको झार्लाङ गाऊँ विकास समितीमा रहेको सिंगलादेवी माध्यामिक विद्यालयमा शुक्रबारदेखि निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

शिविरको पहिलो दिन शुक्रबार २ सय भन्दा धेरैले स्वास्थ्य परिक्षण गराएका छन् । हिमालयन अ‍ेल्थ केयर नेपाल र जिल्ल स्वास्थ्य कार्यलय धादिङको संयुक्त आयोजनामा शिविरमा विषेश गरी अपाङ्गता भएका र आँखाका रोगीहरु स्वास्थ्य जाँचको लागि आएको आयोजकहरुले जानकारी दिएका छन् । शिविरमा नाक, कान तथा घाँटी लगायत विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरिरहेका छन् ।

हिमालयन हेल्थ केयरका डाक्टर अनिल पराजुलीको नेतृत्व नेपाली स्वाथ्यकर्मीहरुको टोली र कोरिया, जापान तथा अमेरीका लगायत विभिन्न देशका डाक्टरहरुको संयुक्त टोलीले शिविरमा आउने विरामीहरुको स्वास्थ्य जाँच गरिरहेका छन् । शिविर शनिबारसम्म सञ्चालन हुने सिंगलादेवी माविका शिक्षक सन्दिप स्याङ्चेनले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: