Mon. Jun 24th, 2024

जुजुभाईले सातौं पटक जिब्रो छेडाउदै

Jujubhai Bans Shrestha is pictured after getting his tongue pierced with spike during the Tongue Penetration Festival at Bode

भक्तपुर – छैठौ पटक जिब्रो छेडाइसकेका जुजुभाई बास श्रेष्ठले यो वर्ष पनि जिब्रो छेडाउने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा आइतबार अयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले जिब्रो छेड्ने अरु कोहि ननिस्केपछि फेरि जिब्रो छेड्ने घोषणा गरेको बताउनुभयो । उहाँले यो जिब्रो छेडेसँगै सातौ पटक हुनेछ । जुजु भाईले सांस्कृतिक परम्पराको निरन्तरता दिन जिब्रो छेड्ने अर्को व्यक्ति नभएकाले सातौं पटक आफैले जिब्रो छेड्न लागेको  बताउनुभयो ।

उहाँले जात्रा संचालनमा आर्थिक समस्या देखा परेको भन्दै सरोकारवाल पक्षले त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिए । खर्च बेर्होने स्रोत नहुँदा जात्राका गुठीयारहरुले छोड्दै गएको, कम संख्यामा मात्र गुठीयारहरुले चलाउनुपरिरहेको बताउँदै परम्परालाई जोगाउन सबै लाग्नुपर्ने  बताउनुभयो । सानो ऐतिहासिक शहर बोडेमा सात ओटा खटको जात्रा हुने हुँदा सात वटा खटमा आठ वटा देवीदेवताको जात्राको प्रचार प्रसारको खाँचो रहेको उहाँले औल्याउनुभयो। चौथौ पटक जिब्रो छेडाइसकेका बुद्धकृष्ण बाघ श्रेष्ठले जात्राको बारेमा गलत प्रचार हुनबाट जोगाउनुपर्ने बताउँदै सरोकारवालको ध्यान त्यता जानुपर्ने बताउनुभयो ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको बिस्केट जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा सबैलाई जोगाउन स्थानीयस्तरबाट मात्र नभई राष्टिय स्तरबाट सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।
जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य भएको बताउँदै उहाँले जिब्रो छेड्ने जात्रालाई प्रचार प्रसारमा ल्याएर सरकारी स्तरबाट पहल हुनुपर्नेमा जोड दिनुभयो। ओएनएसबाट

About The Author

Loading...

अन्य समाचारहरु: