Fri. Dec 8th, 2023

पत्रकार भट्टराईको हत्यामा संलग्नलाई कार्बाही गर्न दबाब स्वरुप ज्ञापन पत्र

IMG_9733
२४ चैत,  धादिङ – उदयपुरका पत्रकार सचिन भट्टराई (राम) को हत्याको सत्यतथ्य पत्ता लगाई आवश्यक छानविनका लागि दबाब स्वरुप उपप्रधान तथा गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । मंगलबार प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत ज्ञापन पत्र पठाएको हो ।

उहाँको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालागि आवश्यक कार्बाहीका लागि प्रेस चौतारी नेपालले प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । यसै क्रममा धादिङ समितिले पनि ज्ञापन पत्र पठाएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका बाग्मती अञ्चल इञ्र्चाज केशव अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियनका बाग्मती अञ्चलका संयोजक मुरारी अधिकारी, प्रेस युनियनका अध्यक्ष पोषनाथ अधिकारी लगायत जिल्लामा रहेका विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

रक्सीको सुरमा पोल खोलेपछि हत्याराहरु सोमबार एक होटलबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माका अनुसार, घटनामा संलग्न सृष्टि मेमोरियल ट्रष्ट धरानको को १च ६३८९ नम्बरको एम्बुलेन्स ड्राइभर जीवन विसंखे, एम्बुलेन्स धनी निको मेडिकल हल धरानका सञ्चालक मनकुमार राई र धरानकै प्रेम राईलाई पक्राउ गरिएको हो ।

चैत ११ राति ७ बजेतिर एकाएक हराएका सचिनको शव सोही दिन राति ११ बजेतिर धरान इटहरी सडक खण्डमा वेवारिसे अवस्थामा भेटिएका थियो । उहाँको टाउकोमा गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो । उहाँ ८१ बर्षका पिता तथा दुवै आँखा नदेख्ने आमा भट्टराई आश्रित रहनु भएकाले पनि सहयोगको खाँचो रहेको बताइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: