Fri. Mar 29th, 2024

आर्थिक समृद्धिका लागि जापानतिर पनि फर्केर हेर्ने कि ?

घिमिरे मैदेली’

हामी कहाँछौँ भनेर बुभ्नलाई अरु कहाँ पुगे भनेर हेर्नैपर्ने हुन्छ । जुनसुकै खालको फालमा पनि यो दृष्टान्तले प्रतिस्पर्धाको बाटो अझ राम्ररी देखाउन मद्धत गर्दछ । जस्तासुकै काम कुरामा पनि प्रतिस्पर्धानै हुनुपर्दछ । आज हामीले देशको आर्थिक स्तर कसरी बढाउने भन्ने चासो र चिन्ता आम नागरिकलाई पनि उत्तिकै छ । आधिकारकि पक्षबाट पनि आर्थिक छलाङ मार्ने, भ्यागुताले झैँ उफ्रने, आर्थिक स्तर ह्वात्तै बढाउने जस्ता कुराहरू सरकारी पक्षबाट र सरकार बन्न चाहनेका घोषणामा पनि सुनिरहेका छौँ । पढिरहेका छौँ । तर आर्थिक छलाङका कुनै पनि निश्चित बाटो पहिल्याएर सरकार अघि बढेकोजस्तो देखिदैन । कतै हामीले अरुका अग्रगमनका गतिविधि नहेरेर त होइन ? कसरी गर्ने, केबाट सुरु गर्ने भन्नेतिर पनि दृष्टिगोचर गर्नुपर्ने हुन्छ ।

त्यसो त सरकारले समयसमयमा अन्यमुलुकले कृषिव्यवसाय, उद्योगधन्दा, कलकारखाना कसरी चलाएका छन् ? केकस्ता प्रविधिको विकास भएको छ । भनेर सम्बन्धित निकायका व्यक्तिलाई सरकारी खर्चबाट विदेश पठाएको पनि देखिन्छ । तर के गर्नु त्यो त देश हेर्ने मुख फेर्ने मात्र गरेर आएको जस्तो भैरहेको छ । खै कसले कुन देशमा गएर आधुनिक अवस्थाको प्रगति र प्रविधिको अध्ययन र अनुसन्धान गरेर हाम्रा मन, हाम्रो माटो र हाम्रा मानसिकता अनुरूपको बाटो देखाएर अघि बढ्न र बढाउन सके ? सिके ? प्रचारमा त सुनियो फलाना कृषिविज्ञ त्यो देशमा गए, फलाना सडकसम्बन्धी यो सम्बन्धी त्यो सम्बन्धी भनेर व्यक्तिनै तोकेर अध्ययन गरेर आऊ भनेर पठाएकै हुन् । तर उनै गए उनैले मात्र देखे बुझे । त्यसको नत निवेदन नत प्रतिवेदन भयो, उपलब्धी भने शून्य ।

जापानमा भने त्यस्तो नहुने रहेछ । त्यसरी अध्ययन,अनुसन्धान गर्न, हेर्न देखासिकी गर्न गएको व्यक्तिले प्रतिवेदन बुझाउनै पर्ने । गरेर देखाउनै पर्ने हुँदा रहेछन् । यस्ता कामकुरामा जिम्मेवारी दिएर पठाएको व्यक्ति आएर केही गर्न गराउन नसक्नु सरकारको कमजोर ठान्दा रहेछन् जापानीहरू । जुन व्यक्ति जे विषयको दक्षताका लागि सरकारी नुनपानी खाएर गएकोछ त्यसले त्यसको प्रतिवेदन, प्रगति विवरण सरकारलाई बुझाएर त्यो सिकोलाई आप्mनो प्रविधि र प्रयोगबाट नयाँ मोड दिएर आप्mनो भूगोलमा प्रयोग गर्ने रहेछन् । त्यस्ता कुरामा हामी र हाम्रो सरकार कमजोर भएरनै मुलुकलाई माथि उठाउन सकेनौँ । इच्छाशक्ति भएमा अन्य मुलुकका गतिलाई हेरेर हामीले आफू सुहाउँदो कामलाई प्राथमिकता दिएर गर्न सक्छौँ ।

जापानले अरुको देखासिकीमा धेरै गतिला काम गरेको देखिन्छ । अरुसित सिकेर अरुका ज्ञानविज्ञान आफूलाई कामलाग्छ भने जसरी हुन्छ त्सलाई सिकेर व्यवहारमा उतार्ने सिप जापानीले डेढसयवर्ष अघिदेखि सिकेर आएका रहेछन् ।

बेलायतका वैज्ञानिक एडमण्ड मोरेल भन्ने व्यक्ति रेल बनाउने वैज्ञानिक रहेछन् । उनको वैज्ञानिक चतु¥याइँ सिक्न जापानले चार जना आप्mना इन्जिनियरहरू, प्राविधिकहरू पठाएर उनको वैज्ञानिक चातुर्यता सिके छन् । ती वैज्ञानिकबाट जापानी ज्यादै लोभिएछन् र ती वैज्ञानिकलाई सरकारले तीस (३०) गुना बढी तलब दिएर जापानमा झिकाएर रेलका इन्जिन बनाउने प्रशिक्षण दिने गुरु बनाएछन् । ती वैज्ञानिक रेल बनाउने प्रशिक्षण पूरा गरिनसक्दैमा टिभीको रोगबाट छोटो समयमै अधुरो प्रशिक्षणमै उनको अकाल मृत्यु भएछ । त्यो घटनाले जापानीलाई ठूलो घाटाको अनुभूत भएपनि उनीसित सिकेका प्राविधिक कुरा र उनका नोटबुकको अध्ययनबाट केही सिकेर रेल बनाउन सफल भयो जापान । जसको परिणाम जापानको सिम्बासीदेखि ओसाकासम्मको २००० किलोमिटर रेलमार्गको आँकडा कोरेर रेल कुदाउने इच्छाशक्ति त्यतिबेलैदेखि जाग्यो जापानलाई ।

यस्ता नयाँ र नौला कुरा अरुसित सिकेर आफ्नो ज्ञान बुद्धि बलले प्रगति गर्न सकिने रहेछ भनेर रेलसँगै अघि बढ्यो जापान । त्यस पछिको जापानलाई अरूको प्रविधि सिकेर आफूले प्रगति गर्न सकिने रहेछ भन्ने लागेकाले तदनुरूप काम गरिरहेछ । यस्ता कामकुरामा आत्म बल बढेर उनीरूले चीन अमेरिका जर्मनजस्ता मुलुकमा टेक्निकल शिक्षा लिन पठाए । बुभ्mन जासुस पनि पठाए जे गरे देशकै प्रगतिका लागि गरे । अरूको सिक्दा सानो होइँदैन । जजसलाई जहाँजहाँ पठाए देशको प्रगति अरूले कसरी गरे भनेर सिक्नै पठाए । अरुका कार्य गतिविधि हेरेर अब हामीले कसरी गर्ने भन्ने ज्ञान सिक,े त्यसै गरे । अहिलेको जापान घुमेर प्राविधिक आँखाले हेर्नोस् हामीले सिक्नुपर्ने, गर्नुपर्ने कुरा धेरै पाउँछौँ । सरल र सहज तरिकाले पनि गतिलो काम गर्न सकिने अनुभव जापानीका हरेक कामकुराबाट लिन सकिन्छ ।

पहाडमात्र धेरै भएर हामीले विकास गर्न नसकेको भन्ने भ्रम हामीलाई अझै परिरहेको छ । त्यस्ता प्राकृतिक डाँडापाखा उसै आकर्षक छन् । तिनलाई सिँगार्दामात्र पनि पर्यटनमैत्री बनाउन सकिन्छ । आर्थिक स्तरमा त्यसले ठूलो टेवा पु¥याउन सकिन्छ भन्नेतिर हाम्रो सोच आँट नपुग्नु हाम्रो इच्छाशक्ति कमजोर रहेछ भन्नुपर्ने हन्छ । हाम्रोजस्तै पहाडलाई जापानले यातायातको सुविधा दिएर आफूले वा व्यक्ति संस्थाले होटेल लज, थरीथरीका पसल बनाएर पर्यटक लोभ्याइरहेका रहेछन् भन्ने कुरो यो पङ्तिकारसमेतको पर्यटकको घुइँचोले देखायो ।
हामीले गर्न सकिने र गर्नहुने थोरै लगानीबाट धेरै लाभ लिन सकिने कामकुराहरू जान्न र सिक्न जापानतिर फर्केर हेर्नुपर्ने रहेछ । प्रकृतिले दिएको हाम्रा अनगिन्ती पहाड हिमाल, वनजङ्गल खोलानाला पाखापखेरा उसै बनेका छन् । जापानले ७५ । ८० तलाको घर बनायो । नौतला माथिदेखि तलसम्म दायाँबायाँ गरी पचासौँ रेल एउटै प्वाइन्टबाट गुडायो त्यो कसरी गर्ने होला ? भनेर हेर्दैमा र प्राविधिकलाई हेर्न पठाउँदैमा हामीले त्यस्ता प्रगतिको तत्काल देखासिकी गर्न सक्दैनाँै । हामीले गर्न सकिने र गर्न हुने काममा जापानको सिको लिने कुराहरू धेरै छन् ।

हामीले जापानको हेरेर यी प्राकृतिको रूप जल जमिन र जङ्गल, पहाड पखेरा र हिमाललाई प्रविधिले मात्र सिगार्न सकेमा मुलुकका युवा वर्गले रोजगारी पाउने र आयआर्जन गर्न सक्ने रहेछ भन्ने उदाहरण जापानको हाकोने र फुजीसम्मका डाँडापाखा पुगेर हेर्दा पनि सिक्न सकिन्छ ।

हाम्रो सरकारले हरेकवर्षको आर्थिक बजेटमा पर्यटकबाट यति आमदानी गर्ने । रोजगारको उचित व्यवस्था गर्ने । कृषिमा आत्म निर्भर बनाउने, फलफूल फलाउने । उद्योगधन्दा यसरी बढाउने भनेर जुनबेलाको सरकारले पनि बजेट भाषण गर्छ र त्यो भाषण भाषणमामात्र सीमित राखेको वर्ष दोहोरिइरहेको छ । यस्तो अवस्थामा जापानको प्रविधिलाई पछ्याउनु राम्रै हुन्छ । जापानमा पनि हाम्रोजस्तै त्यत्रा वन पाखा रहेछन् तर आयआर्जनका लागि जङ्गललाईनै मङ्गल वनाएका छन् । त्यो त्यति खर्चिलो र गर्न नसकिने काम पनि होइन रहेछ ।
योकोहामाबाट दक्षिण करिब १७५ किलोमिटर पर करिब छ सातहजार फिटको उचाइमा पर्ने हाकोनेसम्मको वनपाखामा सफा बाटो बनेका छन् । माथि पहाडबाट झरेको पानीलाई दायाँबायाँका समथल बनेका ठाउँठाउँमा त्यही पानी घुमाएर कलात्मक ताल कुण्ड पोखरी बनाइदिएका छन् ।

हाकोनेमै त ठूलो पहाडीतालनै बनेको छ । त्यसैलाई सुन्दर र सफा बनाएर होटेल, खाजाघर थरीथरीका मालसामानका पसल बनेको हुँदा त्यहाँ दिनहुँ आन्तरिक र वाह्य पर्यटकको घुईचो लाग्नेमा यो पंक्तिकार पनि पुग्यो । त्यहाँ त्यस्तो अरू विशेष केही छैन । राम्रो सफा सुन्दरले गर्दा पचास किलोमिटर वरदेखि त्यहाँसम्म पर्यटक लोभिने ठाउँ बनेका छन् । त्यस्तो गर्न हामीले किन नसकेको । सरकारको आँखाबाट हेर्दा यो त्यति ठूलो लगानी पनि होइन । गर्न नसकिने कुरो पनि होइन जापानका जस्ता पहाड पखेरा खोलानाला वनजङ्गल यहाँ धेरै छन् ।

इच्छाशक्ति भएमा सरकारले राम्रो बटो बनाएर पर्यटकमैत्री पूर्वाधारको रेखा मात्र कोरिदिने हो भने त्यही जापानमा बसेर केही आयआर्जन गरिरहेका युवाहरू पनि नेपाल फर्केर लज होटेल बनाउन, त्यस्ता ठाउँमा उद्योग व्यवसाय चलाउन कृषि पेशा गर्न आतुर छन् । दुईतीन महिनाको जापान घुमाइमा त्यहाँ व्यवसाय, नोकरी गर्ने, पढ्न जाने युवायुवतीहरूका धेरै कुरा सुन्ने मौका मिल्यो । धेरैका आशय यस्तै प्रकारको भएको पाइयो । रहरले विदेश आएको होइन वाध्यताले भन्नेका आवाजहरू पनि बाक्लै सुनियो । विदेशिएकाहरूका आवाज सरकार दरो नभएको र उसको इच्छाशक्ति प्रवल नएको भन्ने पनि सुनियो ।

मुलुकको आर्थिक अवस्था गिरिरहेको र युवा विदेश छिरिरहेको अवस्थामा यसरी दिनहुँ हजारौँ युवा विदेसिए भनेर सरकारले गर्व गरेझैँ गरी मिडियामा दिनहुँ यति बाहिर गए उति बाहिर गए भनेर सरकारले फलाकेको समाचार जापानमा सुखदःुख गरी वस्ने युवालाई कर्णप्रिय भएको पाइएन ।
बेरोजगारी बढेको आर्थिक प्रगतिमा ह्रास आइरहेको अवस्थामा सरकारले छिटै पर्यटकीय विकास र कृषिविकासमा जोड दिन सक्नु पर्दछ । जापानले त्यस्ताठाउँको विकासमा आफूले नसके व्यक्ति, कम्पनीलाई दिएर त्यसबाट ट्याक्स लिएर पनि आर्थिक लाभ लिइरहेको देखिन्छ । सरकारले त्यस्ता पर्यटकीय ठाउँको विकासमा निजी क्षेत्रलाई पनि सामेल गराएर लगानीमैत्री वातावरण सिर्जना गरिदिदा मात्र पनि मुलुकले आर्थिक अवस्था उकास्न सकिने देखिन्छ ।

२०७५ साउन ७ गते प्रकाशित

About The Author

Loading...