Sat. May 18th, 2024

क्रसर उद्योगबाट पेस्तोलसहित दुई पक्राउ

guns1

नुवाकोट– त्रिशुली नदीमा जथाभावी उत्खनन् गर्दै आइरहेको हिमाल एग्रोगेट क्रसर उद्योगले गाउँका स्थानीयलाई तर्साउन राखेको एक थान पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको रातमाटे ९ मा रहेको हिमाल एग्रोगेट क्रसर उद्योगबाट पेस्तोलसहित क्रसरमा काम गर्ने २५ वर्षका प्रेम राई र ३५ वर्षका राजन राईलाई प्रहरीले प्रक्राउ गरेको हो।

प्रकाउ परेका दुवैजनालाई हातहतियार तथा खरखजाना अर्न्तगत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक पद्युम्न अधिकारीले बताए। स्थानीयले पेस्तोल देखाएर गाउँमा आतंक फैलाएको भनेर सूचना गरेपछि प्रहरीले हिमाल एग्रोगेट क्रसर उद्योगमा छापा मार्दा पेस्तोल फेला पारेको हो।

प्रहरी निरीक्षक अधिकारीका अनुसार स्थानीयलाई क्रसर उद्योगमा बसेका डनहरुले सँधै धम्क्याउने र थर्काउने गर्दै आए पनि डरका कारण प्रहरीलाई खबर गर्न सकेका थिएनन्। स्थानीयले गुण्डा आतंक सहनै नसक्ने भएपछि मात्र उक्त क्रसर उद्योगमा पेस्तोल रहेको स्थानीयले प्रहरीलाई बताएका थिए। नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: