Wed. Jul 24th, 2024

‘मोष्ट वाण्टेड’ मा परेका पक्राउ

SAM_7289

धादिङ –२ व्यक्तिको हत्या गरेर फरार रही प्रहरीको मोष्ट वाण्टेड सुचीमा रहेका व्यक्ति पक्राउ परेका छन । धादिङको दार्खा गाउ विकास समिति वडा नं ८ सल्लेरीका मैचा भनिने मेघ बहादुर तामाङ मार्पाक गाउ विकास समितिको वडा न ९ पोखरा भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन ।

पक्राउ परेका तामाङ २०७० पुस १९ गते धादिङ सत्यदेवीका गंगालाल तामाङ र २०६९ मंसिर १८ गते दार्खाका भिषण सिंखडाको हत्या अभियोग लागेको थियो । भिषण सिंखडाको हत्या अभियोग लागेपछि फरार रहेकै अवस्थामा २०६९ चैत २४ गते दार्खाकै जेम्स अनसरको पनि हत्या प्रयास गरेको प्रहरीको दावी छ ।
धादिङको उत्तरी क्षेत्रमा भएका ५ वटा हत्याको मुख्य योजनाकार र आपराधिक गतिविधि चलाउदै आएका २ जना मुख्य अभियुक्तहरु पक्राउ परेको र १ जना प्रहरीले पक्राउ गर्ने डरले भाग्दै गर्दा लडेर मृत्यु भएकाले अव उत्तरी क्षेत्रमा शान्ति छाउने प्रहरीले दावी गरेको छ । ०६७ कार्तिक १ गते तत्कालिन नेकपा एमालेका नेता शिव थापाको हत्या पश्चात धादिङको उत्तरी क्षेत्रमा श्रृखलावद्ध हत्या भएको थियो । हत्याको श्रृखलामा भीषण सिंखडा, विजय तामाङ, गंगालाल तामाङ र पहलमान तामाङले ज्यान गुमाएको थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: