Fri. Mar 29th, 2024

मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी

२९ साउन, काठमाडौं –

बन्दकर्ताले मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो ।

मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

सो बस वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै थियो । पहेंलो रंगको भएकाले सो बस कुनै स्कुल वा कलेजको हुनसक्ने अनुमान गरिएको छ । आगजनीबाट बस क्षतिग्रस्त भएको छ ।मकवानपुरका बजार बिहानैदेखि बन्द छन् ।

यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका ८ काफल डाँडामा बा ४ ख ८५१६ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ । उक्त ट्रकको इन्जिनमा धेरै क्षति भएको छ । यसैगरी बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरको मिनी ट्रकमा तोडफोड भएको छ ।नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने सवारीका लागि स्कर्टिङको व्यवस्था गरिएकाले ढुक्क भएर यात्रा गर्न आग्रह गरेका छन् ।

२०७५ साउन २९ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: