Mon. Sep 16th, 2024

त्रिशुली नदिमा ¥याफटिङको रमाइलो

धादिङ – धादिङ जिल्लाको पृथ्वी राजमार्ग नजिकै भएर बग्ने त्रिशुली नदिमा जलयात्रा गर्ने स्वदेशी तथा विदेशीको रोजाई बनेको छ ।

IMG_0398

 

धादिङ जिल्लालाई कृषि क्षेत्रमा मात्र केन्द्रित नगरार्ई पर्यटन प्रवद्र्धनका लागि पनि नमुनाको जिल्ला बनाउन त्रिशुली नदिमा जलयात्राले सहयोग पु¥याउने व्यवसायीहरुको भनाई छ ।

यसैक्रममा शनिबार त्रिशुली नदिमा एकै साथ १५ वटा डुङगामा १२० जनाले ¥याफटिङको रमाइलो लिएका छन् । दर्शन मिडिया एण्ड एभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजना, दिव्य दर्शन टेलिभिजन धादिङको सह आयोजना तथा अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा आयोजना गरिएको ¥याफटिङ कार्यक्रममा धादिङ लगायत राजधानी काठमाडौँ तथा अन्य विदेशीहरुले पनि मनोरञ्जन लिएका छन् ।

IMG_0292

 

धादिङको जोगीमारा ९ मझिमटारमा रहेको हुदीखोलादेखि चितवनको कुरिनटारसम्म करीब २ घण्टा ३० मिनेटसम्म त्रिशुली नदिमा रमाइलो गरिएका हुन् । कार्यक्रमममा विभिन्न धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, जिल्ला विकास समिति धादिङका सुचना अधिकारी भोला गौतम, नेपाली काँग्रेस धादिङका पूर्व साम्सद् रामनाथ अधिकारी, नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, व्यावसायी, पत्रकार तथा विदेशीहरु सहितको सहभागीता रहेको थियो । धादिङको त्रिशुली नदिमा ¥याफटिङ व्यवसायलाई प्रवद्र्धन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: