Thu. Mar 28th, 2024

प्रदेश २ मा प्रधानमन्त्री–ले सम्बोधन गर्ने

२ भदौ, जनकपुरधाम –

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले शनिबार ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ ।

७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विभिन्न प्रदेशमा सम्बोधन गरिसकेका छन् ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तथापि, विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

२०७५ भदौ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: