धादिङ – चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सत्यवती उच्च माध्यमिक विद्यालय आदामटारले हात पारेको छ ।
स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा साथ शुक्रबारदेखी धादिङबेसीमा सुरु भएको प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालयले कुल १ सय ५८ अंक ल्याएर प्रथम हुन सफल भएको हो । प्रतियोगितामा १ सय ४९ अंक सहित मण्डली उच्च माध्यमिक विद्यालय द्धितिय र ९९ सय अंक सहित आदर्श उच्च माध्यमिक विद्यालय गजुरी तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई कार्यक्रमका प्रमुद अतिथि एवम् एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एंव पुर्व सभाषद पुष्प विक्रम मल्लले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र शिल्ड,कप, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
धादिङका ३ निर्वाचन क्षेत्र स्तरको प्रतियोगीतामा उत्कृष्ट भएका विद्यालयहरु छनोट गरी जिल्लास्तरीय प्रतियोगीतामा सहभागीता गराइएको थियो । जिल्लास्तरीय प्रतियोगीतामा प्रथम भएको सत्यवती उमावि क्षेत्रीय प्रतियोगीतामा सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा नेपाली काँग्रेसका सचिव भक्त लामा, नेकपा माओवादीका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका प्रमुख कृष्णलाल श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।