Sun. Oct 6th, 2024

राडी, पाखी लोप हुँदै

ll1
धादिङ – परम्परागत रुपमा हरेक घरमा बुनिदैँ आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेको छ । उत्तरी धादिङकोे तिप्लिङ र सेर्तुङ गाउँ विकास समितिमा आधुनिक प्रविधि र आयातित कपडाहरुको कारण विस्तारै लोप हुन थालेको छ ।

पहिला उत्तरी धादिङको तिप्लिङ र सेर्तुङका हरेक घरमा राडी पानी र बख्खु बुन्ने गरेता पनि हिजोआज बजारमा पाईने कपडाहरुले गाउँमै उत्पादन हुने बख्खु तथा राडी पाखीलाई विस्थापित गरेको छ । हिमाली क्षेत्रमा पाईने भेंडाको रौबाट उन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छदैँछ र समय पनि लामो लाग्ने गर्दछ । एउटा राडी बुन्नको लागी कम्तिमा पनि २० दिने लाग्ने चेमायाँ तामाङले बताउनु भयो ।

समय पनि बढी लाग्ने र विक्री गर्दा त्यती फाईदा नहुने भएको कारणले अहिले राडी, पाखी र बख्खु बुन्ने कार्य लोप हुँदै गएको छ । त्यस्ता सामाग्रीहरु आजभोली आफन्तलाई कोशेलीका रुपमा पठाउनको लागि मात्र बुन्न गरीएको सेर्तुङका खरिमान तामाङले बताउनु भयो । समय खर्चिएर भेँडाको उन काटेर धागो काटेर राडी, पाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न नै सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा विस्तारै लोप हुँदै गएको छ ।

पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरु प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेशा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा उनको राडी, पाखी र बख्खुहरु देख्न नपाईने तिप्लिङ लिङचोकका भेडापालक कृषक प्रेम तामाङले बताउनु भयो ।

About The Author

अन्य समाचारहरु: