Wed. Sep 11th, 2024

फोनिज दोलखाको जिल्ला भेला सम्पन्न

fonij pice
३० चैत्र , चरीकोट – नेपाल आदिवासी जनजाती पत्रकार महासघ(फोनिज) दोलखाको जिल्ला भेला सोमबार सम्पन्न भएको छ ।

भेलाले पूर्ण समावेशी सञ्चारको लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।  भेलामा सम्वोद्धन गर्दै फोनिजका केन्द्रिय महासचिब गजुरधन राइले पूर्णसमावेशी सञ्चार नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले सवैलाई अपनत्व हुनेकिसिमको सञ्चार निति ल्याउनु पर्ने बताउनु हुँदै फोनिज आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । आदिवासी जनजाती पत्रकारहरुको हकहित संरक्षण र संम्बद्र्धनको लागि फोनिज गठन भएको बताउनुभयो । महासचिब राइले पत्रकार महासघ सहित विभिन्न पत्रकार संघ सस्थामा पछिल्लो समयमा समावेशीको आवाज उठेपनि अझै पूर्णसमावेशी नभइसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य चिरन्जीवि मास्केले श्रमजिवि पत्रकार ऐन पूर्ण रुपमा लागु हुन नस्कदा पत्रकारहरु दिर्घकालीन रुपमा टिक्न नसकेको बताउनुभयो । पत्रकार महासंघले श्रमजिवि ऐनको विषयमा आवाज उठाइरहेको बताउदै पूर्ण समावेशीको लागि आफु र आफ्नो सस्था सदैव तयार रहेको बताउनुभयो । यस्तै फोनिज दोलखाका सल्हाकार राजेन्द्र मानन्धरले जनजाती भएकै आधारमा केही सञ्चारकर्मीहरु मिडिया हाउस बाट निकालिएको प्रति आपत्ती जनाउनुभयो ।

कार्यक्रममा फोनिजका केन्द्रिय कोषाअध्याक्ष टेकराज थामी,नेपााल तामाङ सघका महासचिब बर्मा लामा,सामुदायीक रेडियो प्रशारक सघ(एकोराब)का केन्द्रिय सदस्य लक्ष्मण खड्का,नेपाल प्रेश युनियन बागमत्ती विषेश क्षेत्रका संयोजक रमेश खतिवडा, जनजाती पत्रकार महासघ का केन्द्रिय सदस्य जीवन लामा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

About The Author

अन्य समाचारहरु: