Mon. Nov 4th, 2024

देशव्यापी रूपमा भर्ना अभियान कार्यक्रम सुरु

school-624x624

२ बैशाख, धादिङ – शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०७२ का लागि बुधबारदेखि देशव्यापीरूपमा विद्यालय भर्ना अभियान कार्यक्रम सुरु गरेको छ ।

‘हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं’ भन्ने नारासहित भर्ना अभियान सुरु गरेको हो । विद्यालयमा हुने हिंसा, विभेद र यौन दुर्व्यवहार हुने गरेकाले यो प्रवृृत्तिलाई निरुत्साहित गर्न यस्तो नारा तय गरिएको विभागले जनाएको छ ।
अभियानमा ५ देखि ९ वर्ष उमेरका तर विद्यालय जान छुटेका सबै बालबालिकालाई समेट्ने शिक्षा विभागले जनाएको छ । विभागका अनुसार अहिलेसम्म ९६ दशमलव २ प्रतिशत विद्यार्थी भर्ना भएको तथ्यांक छ ।

अघिल्लो वर्षको अभियानबाट ३ दशमलव ८ अर्थात एकलाख ३३ हजार बालबालिका छुटेको भन्दै विभागले यसवर्ष सतप्रतिशतलाई विद्यालय पुराउने लक्ष्य लिएको छ । विभागका महानिर्देशक डा डिल्ली रिमालका अनुसार भर्ना अभियान सफल पार्न सतप्रतिशत भर्ना गराउने स्थानीयस्तरका स्रोत केन्द्र, इलाका, नगरपालिका तथा गाविसलाई सम्मान गर्ने गरी विभागले कार्यक्रम संचालन गर्न लागेको छ ।

चालु शैक्षिक वर्षको अन्त्य सन् २०१५ सम्म विद्यालय बाहिर रहेका बालबालिकाको संख्या शुन्य बनाउने लक्ष्य भएकाले भर्ना अभियानलाई जोड दिएको पनि रिमालले बताउनुभयो । यसैबीच धादिङमा पनि विद्यालय भर्ना कार्यक्रम गत वर्षहरुको तुलनामा केही फरक रुपमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: