Wed. Sep 11th, 2024

जुजुभाइले सातौं पटक जिब्रो छेडे

Jibro-chedne-jatra

२ वैशाख, भक्तपुर –  थिमीको बोडेमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

पाँचो गणेश मन्दिरको दक्षिण फर्केको पाटी अगाडि हजारौं भीडका बीच जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडेका छन् ।   जुजुभाइले सातौं पटक जिब्रो छेडेका हुन् । त्यसअघि बिहान थिमिका बासिन्दाले बुधबार हर्षोल्लासका साथ ३२ खट सहितको सिन्दुर जात्रा मनाएका थिए । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो । भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ । अनलाइन खबरबाट

About The Author

अन्य समाचारहरु: