२ बैशाख, धादिङ – उत्तरी धादिङको आफलखोला लघु जलविद्युत आयोजनाको उपकरण बुधबार हेलिकप्टर मार्फत निर्माण स्थल लगिएको छ ।
री गाउँ विकास समितिको वडा नम्बर दुई स्थित आफलखोलामा निर्माण हुन लागेको एक सय किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको सामान सदरमुकाम धादिङबेसीबाट हेलिकप्टरमा झुण्डाएर निर्माण स्थल लगिएको हो । उत्तरी क्षेत्र जोडने मोटर बाटो नभएका कारण लाखौै खर्च गरेर हेलिकप्टर मार्फत उपकरण चार्टर गरिएको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर अधिकारीले बताउनुभयो ।
मोटर बाटो नभएकै कारण करिब ५५ लाखमा खरिद गरेको सामानको ढुवानी खर्च हेलिकप्टरलाई मात्रै १० लाख बुझाउनु परेको उहाँले बताउनुभयो । जोखिम मोलेर घ्याङसाङ सम्म पुराउन सकिएपनि त्यस भन्दा माथी लैजान नसकिने भएकोले बाध्य भएर हेलिकप्टर प्रयोग गर्नु परेको हो । मोटर बाटो नहुँदा उत्तरमा निर्माण हुन लागेको अन्य तीन ओटा लघुजलविद्युत आयोजनाको सामाग्री पनि हेलिकप्टरमा नै लैजानुपर्ने बाध्यता छ । यस अघि लिस्नेखोला लघुजलविद्युत आयोजनाको सामान पनि हेलिकप्टरको प्रयोग गरेर नै निर्माण स्थल पुराइएको थियो ।
हेलिकप्टरमा सामान ढुवानी गर्दा बढि खर्चिलो हुने भएपछि विजुली बत्ति बाल्ने रहरमा विहान बेलुकाको छाक कटाएर समुदायसंग रकम जुटाउनु पर्ने स्थानीय उपभोक्ताहरुको बाध्यता छ ।